Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मध्यावधि चुनावको समर्थन गर्दै बुटवलमा युवा संघको शक्ति प्रदर्शन,प्रचण्डले संवैधानिक निकायमा नियुक्ती गर्न दिएनन् : पोखरेल

मध्यावधि चुनावको समर्थन गर्दै बुटवलमा युवा संघको शक्ति प्रदर्शन,प्रचण्डले संवैधानिक निकायमा नियुक्ती गर्न दिएनन् : पोखरेल

  • 4.3K
    SHARES

  • मध्यावधि चुनावको समर्थन गर्दै  बुटवलमा युवा संघको शक्ति प्रदर्शन,प्रचण्डले संवैधानिक निकायमा नियुक्ती गर्न दिएनन् : पोखरेल

    बुटवल,माघ १३ ।

    नेकपा ओली पक्षको राष्ट्रिय युवा संघ नेपाल लुम्बिनीले बुटवलमा शक्ति प्रदर्शन गरेको छ। मध्यावधि निर्वाचनको समर्थनमा  बुटवलस्थित राजमार्ग चौराहाबाट युवा संघले प्रदर्शन गर्दै सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्रांगणमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको हाे।

    प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्रीलाई काम गर्न दिन र नयाँ जनादेशका लागि चुनाबमा जानुपर्ने जस्ता नारा लगाएका थिए।

    भेलामा नेकपा ओली पक्षका लुम्बिनी इन्चार्ज तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेताहरु महेश बस्नेत, लिला गिरी, रमेश पौडेललगायतले सम्बोधन गरेका छन् ।

    कारवाहीमा परिने डरले प्रचण्डले संवैधानिक निकायमा नियुक्ती गर्न दिएनन् :  पोखरेल

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डका कारण संवैधानिक निकायमा नियुक्त हुन नसकेको बताएका छन्।CM POKHAREL.JPG

    बुटवलमा मंगलबार युवासंघ नेपालको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदैै नेकपा ओली पक्षका नेता समेत रहेका पोखरेलले कारवाहीमा परिने डरले प्रचण्डले अख्तियार लगायतका संवैधानिक निकायमा नियुक्ती गर्न नदिएको आरोप लगाए।

    अध्यादेशको आवश्यकता त्यसैको लागि थियो।नेपालको गुमेका भुभाग समेटेर चुच्चे नक्सा सार्वजनिक भएपछि प्रधानमन्त्री माथि घेराबन्दी गरिएको पोखरेलको भनाइ छ ।

    केपी ओलीलाई पार्टी चलाउन नसकेको चर्चा हुने भन्दै उनले दुइ तिहाइको समर्थन प्राप्त नेता पार्टी चलाउन नसकेको हुन्छ भनि प्रश्न गरे। उनले ओलीले दुइ वटा ठूला पार्टीलाई एकतामा बाध्ने सहाशिक निर्णय गरेको दाबी गरे। युवा भेलामा उनले बर्तमान प्रधानमन्त्री युवा पुस्ताको पक्षमा रहेको उल्लेख गरे । 

    युवा  नेता महेश बस्नेतले प्रचण्डलाई अधिनायकबादको गलतबाटो बाट केपि ओलीलेसहि ठाउमा ल्याएपनि प्रचण्डले षडयन्त्र गरेर पार्टीलाई ध्यवस्त पार्न खोजेको बताए ।mahesh basnet.JPG

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology