Logo बिहिवार, आश्विन १ गते २०८३
images

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

  • 831
    SHARES

  • आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

    काठमाडौं,बैशाख २०।

    प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिँदै नेपालका पत्रकारहरूले पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् । सन् १९९३ को संयुक्त राष्ट्रसङ्घको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।


    हरेक वर्षको मे ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्त्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार सङ्कलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झना र सम्मान गर्दै मनाइन्छ ।


    संयुक्त राष्ट्र सङ्घीय युनेस्कोको आह्वानमा यो दिवस मनाइने क्रमको सुरुआत भएको हो । प्रेस स्वतन्त्रता सञ्चारमाध्यमको मात्र मुद्दा नभई समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय भएको बताउँदै पत्रकारहरूले यसको संरक्षणका लागि नीतिगत, कानुनी र संरचनागत सुदृढीकरणको माग पनि गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology