बुटवल,बैसाख १७ ।
बुटवल उपमहानगरपालिकाले श्रमको सम्मान गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको पुर्वसध्यामा आज बुटवल क्षेत्रका सडकमा मकै पोल्ने, सालको पात बेच्ने तथा ई-रिक्सा चलाउने आमा-दिदीबहिनीहरुलाई पालिका हलमा एक कार्यक्रमका बिच नगदसहित सम्मान गरेको हो ।
नगरले गतसालदेखि यसलाइ निरन्तरता दिएको नगरप्रमुख खेलराज पाण्डेयको भनाइ छ । नगरले उहाँहरुको श्रमको सम्मानका लागि जनही १०/१० हजारको दरले ३० जनालाई गरि ३ लाख बितरण गरेको हो । यसमा कर समेत नकाटी नगद दश-दश हजार दिइएको उपमहानगरपालिकाले जनाएको छ ।
‘नगरले यसरी सम्मान गरिनु अत्यन्तै सान्दर्भिक र वास्तविक रुपमै श्रम प्रतिको सम्मान हो भन्ने मलाई लागेको छ ।’ नगर प्रमुख पाण्डेयले भन्नुभयो ।
उपप्रमुख साबित्रादेवी अर्यालले यसप्रकारको उदाहरणीय काम अन्य पालिकाले समेत सिक्नुपर्ने धारणा राख्नुभयो । सम्मानित महिलाहरुले नगरपालिकाले कामको मूल्यांकन गरेकोमा धन्यबाद दिएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)