Logo बिहिवार, आश्विन १ गते २०८३
images

धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत र वडाध्यक्षसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत र वडाध्यक्षसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

  • 1.3K
    SHARES

  • धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत र वडाध्यक्षसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ,वैशाख १५ ।

    कृषि बाटो निर्माणमा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोगमा सर्लाहीको धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत र वडा नं ६ का अध्यक्षसहित ९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका प्रशासकीय अधिकृत कृष्णमोहन प्रसाद साह, इन्जिनियर उपेन्द्रप्रसाद साह, नायब सुब्बा मोहम्मद रफिक, सब इन्जिनियर शशिरञ्जन कुमार सिंह, लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू र कोषाध्यक्ष सुरतिया कुमारीविरुद्ध ७ लाख ७९ हजार २०५ रुपैयाँ बिगो कायम गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    पालिकाको वडा नं ६ स्थित कृषि बाटो निर्माणका क्रममा २०८०/८१ मा विनियोजित बजेट मिलेमतोमा हिनामिना गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । प्राविधिक इस्टिमेटअनुसार काम नगरेको, कागजमा बढी काम देखाएर झुटा विवरण पेस गरेको लगायत आरोपमा उनीहरुलाई प्रतिवादी बनाइएको छ ।

    अख्तियारले लेखापाल साह, उपभोक्ता समितिका तीन जना र पालिकाका प्रशासकीय अधिकृतसहित बाँकी कर्मचारीलाई छुट्टाछुट्टै बिगो कायम गरी कैदन र जरिवानाको मागदाबी गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology