बुटवल,बैसाख १२ ।
आवासिय चिकित्सकहरुलाई तोकिएको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारलाई दबाब दिदै देशभरकाचिकित्सकहरु अनिश्चितकालिन आन्दोलनमा उत्रेका छन ।
आन्दोलनको कार्यक्रम अन्तरगत आज बुटवलमा बिरोध प्रदर्शन भएको छ भने आकश्मिक बाहेकका सेवा ठप्प पारिएको छ ।
नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखा बुटवलका बिहिबार नै बसेको आकस्मिक बैठकबाट शुक्रबारदेखी आकस्मिक तथा सघन (आईसियु )उपचार सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारिएको महासचिव डा प्रकाश बस्नेतले बताए ।
चिकित्सा शिक्षा आयोगको १६ औ पूर्ण बैठकबाट आवासिय चिकित्सकहरुको पारिश्रमिकको विषयमा भएको निर्णय कार्यान्वयन नहुदा आन्दोलमा उत्रनुपरेको नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा कृष्ण खरेलले बताए ।
स्वास्थ्यकर्मीहरुको सम्मान, हक अधिकार र सुरक्षाका लागि संघर्षका कार्यक्रम अघि बढाउन बाध्य भएको उनले बताए। घोषणा अनुसार आवासिय चिकित्सकहरुको न्युनतम पारिश्रमिक कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने उनले बताए । आन्दोलनलाई ऐक्यबद्धता जनाउदै नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखा बुटवलले विहिबार जिल्लाप्रशासन कार्यालय भैरहवामा ज्ञापनपत्रसहित दुई घण्टा धर्ना दिएका छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)