बुटवल,माघ १२ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल ‘कुलंघार र भस्मासुर’को संज्ञा दिएका छन् । दाङको राप्ती गाउँपालिका–२ लालमटियामा आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरु सिंङ फुक्लेका तिल्के गाेरुजस्तै भएको भन्दै उनीहरुको दम नभएको बताए ।
अहिले उनीहरु तिल्के गोरुजस्तै फाँ फू गर्दै हिडेका छन् ,सिंङ फुक्लेका तिल्केहरुको दम सकियो,झुक्किएर पनि अबको चुनावमा उनीहरुलाइ संसदमा पुर्याउनुहुन्न । ’ उनले भने
‘एउटा तिल्के गोरु थियो । त्यो गोरुले अर्को गोरु देख्नै नहुने । झम्टी हाल्ने, सिंगौरी खेल्ने , भुइँ खोस्रिने, हुक्का गर्ने । अनि, त्यसको फ्वाँफूँ देखेर अरु डराउने’, ओलीले थपे, ‘एक दिन अलिक नटेर्ने खालको बहर गोरु परेछ । घड्याप्प जुधेको । बुढो तिल्के गोरुको सिङ भाँचिदियो । तिल्केलाई रिस त उठ्यो होला, सिङ भाँचिएकोमा । तर, जुध्न सकेन ।’
प्रचण्ड र माधवप्रति लक्षित गर्दै ओलीले भने, ‘यी तिल्केहरु पनि त्यस्तै हुन् । यिनले फाँफुँ गर्दै गर्छन्, फुक्लिएको सिङ लिएर हिड्दै गर्छन् ।’ तर, सिंङ फुक्लिसकेकाले अब ढाक नलगाए नलगाउन चेतावनी दिए । ‘अशान्ति मच्याउने यिनसँग क्षमता पनि छैन,दम पनि छैन । यिनीहरुले केही पनि गर्न सक्दैन’,उनले टिप्पणी गरे ।
अस्थिरता मच्चाउने त्यस्ता तत्वलाइ दण्डित गर्नुपर्ने र झुक्किएर पनि उनीहरुलाइ संसदमा नपठाउन उनको आग्रह छ । देश निर्वाचनमा गएको भन्दै उनले २०७८ बैसाख १७ र २७ गते चुनाव हुने दाबि गरे ।
याे पनि:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)