Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा पछिल्लो १० वर्षको अन्तरालमा ८३३ पटक भूकम्प

नेपालमा पछिल्लो १० वर्षको अन्तरालमा ८३३ पटक भूकम्प

  • 969
    SHARES

  • नेपालमा पछिल्लो १० वर्षको अन्तरालमा ८३३ पटक भूकम्प

    बुटवल,बैसाख १२ ।

    नेपालमा पछिल्लो १० वर्षको अन्तरालमा ८३३ पटक भूकम्प गएको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि हालसम्म साना, ठूला गरी यी भूकम्प गएका हुन् ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक अनुसार यी भूकम्पबाट सबैभन्दा बढी काठमाडौं आसपासका जिल्ला प्रभावित भएका छन् । त्यसपछि सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम, बझाङ र बाजुरा प्रभावित भएका छन् । यो अवधिमा सबैभन्दा बढी भूकम्प जाने जिल्ला दोलखा रहेको छ, जहाँ १० वर्षमा साना, ठूला परकम्प गरी १ सय ९१ पटक भूकम्प गएको छ । त्यसैगरी सिन्धुपाल्चोकमा १०३ पटक, धादिङमा ५५, बझाङमा ५१, गोर्खामा ४०, नुवाकोटमा ३८, बाजुरामा ३०, रसुवामा २९ र ताप्लेजुङमा २० पटक भूकम्प गएको छ ।

    भारतीय र तिब्बतीयन प्लेटबीचको घर्षणका कारण नेपाल भूकम्पको उच्च जोखिममा छ । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेत शाखाका भूकम्पविद् चिन्तन तिमिल्सिना नेपालमै पनि पश्चिम नेपाल बढी जोखिममा रहेको बताउँछन् ।

    उनका अनुसार सुदूर तराईकाभन्दा पनि पहाडी जिल्लाहरू भूकम्पको उच्च जोखिममा रहेका छन् । पश्चिम नेपालको भूगोलमुनि ठूलो भूकम्पीय शक्ति जम्मा भएको पाँच सय वर्ष बितिसकेकाले जतिखेर पनि भूकम्प जान सक्ने उनको दाबी छ ।vukampa-data-2542025032606-1000x0.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, बैशाख १२ २०८२१२:४७:०३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology