Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मुख्यमन्त्री आचार्य भन्छन्-‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि सञ्चालन हुनुपर्छ ’

मुख्यमन्त्री आचार्य भन्छन्-‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि सञ्चालन हुनुपर्छ ’

  • 951
    SHARES

  • मुख्यमन्त्री आचार्य भन्छन्-‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि सञ्चालन हुनुपर्छ ’

    भैरहवा,वैशाख १० ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको विमानस्थलको दीगो सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको आर्थिक तथा पर्यटन विकासका लागि यो विमानस्थल मेरुदण्ड भएको उल्लेख गरे ।

    उनले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भर्न आवश्यक सेवा विस्तारका लागि प्रदेश सरकार साझेदारी गर्न तयार रहेको स्पष्ट पारे । संघीय सरकारले प्रदेश सरकारलाई स्वास्थ्य परीक्षणको जिम्मेवारी दिएमा त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाउँदै उनले स्वास्थ्य परीक्षण, श्रम स्वीकृति र भिसा सेवाहरू तत्काल विस्तार गर्न बारम्बार ध्यानाकर्षण गराइएको बताए ।

    भिम अस्पताललाई स्वास्थ्य परीक्षणको जिम्मेवारी दिन सकिने उनको भनाइ थियो । ‘हामीले स्वास्थ्य परीक्षण निःशुल्क गरिदिन सक्छौं भनेर भनेका छौं,’ उनले भने, ‘श्रम स्वीकृतिका लागि छुट्टै कार्यालय खोल्न पनि पर्दैन । यहीबाट सेवा दिन सकिन्छ ।’

    संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘सडक तताएर होइन, संवादलाई नै अघि बढाएर जानुपर्छ । विमानस्थल जसरी, जुनसुकै हालतमा पनि सञ्चालन हुनुपर्छ । अहिले पनि म ढुक्क छु, यसलाई सञ्चालन गराउँछौं । सरकार निराश छैन ।’ उनले व्यवसायीहरूको साथमा प्रदेश सरकार रहेको र विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहलको नेतृत्व प्रदेश सरकारले लिने स्पष्ट पारे ।

    ‘कति छिटो नतिजा निकाल्न सक्छौं, हामी त्यसमा लाग्छौं,’ उनले भने, ’धमिलो पानीमा माछा मार्न सक्छौं कि भनेर कसैले नसोचे हुन्छ । सहकार्य गरेर उद्योग वाणिज्य संघले योजना बनाओस्, म नेतृत्व गरेर जान तयार छु । प्रदेश सरकार तयार छ ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology