बुटवल माघ १२-
प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शनमा उत्रेका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।प्रतिनिधि सभा विघटनविरुद्ध उनीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका थिए ।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी,केन्द्रय सभापति उत्तम पुडासैनीसहितका २६ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले दर्जन बढी प्रर्दशनकारीलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ। प्रतिनिधि सभा विघटन विरुद्ध उत्रेकाहरूले ‘ओलीतन्त्र मुर्दावाद’, प्रतिनिधि सभा विघटन फिर्ता गर, मानव अधिकारको सम्मान गर, प्रहरी दमन बन्द गर’ लगायतका नारा लगाएका थिए।
पक्राउ पर्नेमा सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्यलगायत छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)