रुपन्देहीको तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप २०२५ सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको सहयोग तथा जापान गोजु–रियो कराते डो मिसन संघ, नेपालको आयोजनामा भएको दुई दिने प्रतियोगिताको उद्घाटन नगरप्रमुख रामकृष्ण खाणले गरेका हुन् ।
कार्यक्रममा नगर प्रमुख खाणले करातेजस्ता अन्तराष्ट्रिय स्तरका प्रतियोगिताबाट स्थानीय पर्यटन र खेलको विकासमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको पूर्वसन्ध्यामा खेलाडीहरुबाट सचेतनामुलक र्याली समेत गरिएको संघका संस्थापक अध्यक्ष केबी राना (काजी) ले बताए ।
खेलले अनुशासनसंगै क्षमता बढाउन मदत पुग्ने उनले बताए ।खेलमा २५० खेलाडि सहभागि रहेको उनले बताए ।
शङ्करपुरमा सुरु भएको प्रतियोगिताको पहिलो दिन २० वटा स्वर्णको छिनोफानो भएको छ ।
प्रतियोगितामा गल्र्स र ब्वाइज तर्फ २०, २५, २९, र ३३ केजीमुनि तौल समूहका खेलहरु भएका छन । यसैगरि महिला कातातर्फका खेलहरु पनि शुक्रबार नै सम्पन्न भएका छन भने पुरुष कातातर्फ शनिबार खेलहरु खेलाइने छ ।
प्रतियोगितामा नेपाल, भारत र भुटानका करिब २५० खेलाडीहरूको सहभागिता रहेको छ । खेलाडीहरूले यु–९, यु–१४, यु–१५–१७ र १८ वर्षमाथिका उमेर समूहमा कुमुते र काता विधामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता विभिन्न तौल समुहमा विभाजित गरी सञ्चालन भइरहेको छ । पुरुषतर्फ २० देखि ८४ केजीसम्म र महिलातर्फ २० देखि ६८ केजी प्लस तौल वर्गमा प्रतिस्पर्धा भइरहेको छ । विजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यसप्रकारको प्रतियोगिताले देश बिदेशका सबै खेलप्रेमीलाइ सकारात्मक सन्देश दिएको सल्लाहकार भरतबहादुर केसीको भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)