Logo बिहिवार, आश्विन १ गते २०८३
images

यात्रुको सुबिधालाइ ध्यान दिदै बुटवलमा आईसर मजेस्टिक बस भित्राईयो,एकैदिनमा १२ वटा च्यासिस् खरिद

यात्रुको सुबिधालाइ ध्यान दिदै बुटवलमा आईसर मजेस्टिक बस भित्राईयो,एकैदिनमा १२ वटा च्यासिस् खरिद

  • 2.0K
    SHARES

  • यात्रुको सुबिधालाइ ध्यान दिदै बुटवलमा आईसर मजेस्टिक बस भित्राईयो,एकैदिनमा १२ वटा च्यासिस् खरिद

    बुटवल, बैशाख ४।

    नयाँ बर्ष : नयाँ सेवा भन्ने सन्देशसहित यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने उद्देश्यले बुटवलमा पहिलो पटक आईचर मजेस्टिक बस भित्राईएको छ । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.मा आवद्ध संचालक तथा ब्यबसायीहरुले नवबर्ष २०८२ को शुभारम्भका अवसरमा एकै पटक १२ वटा आईचर मजिस्टेक वाई नामक प्रिमियम बसका च्यासिस् खरिद गरेका हुन् ।

    मोविलिटी र गुणस्तरमा बिश्वासिलो र टिकाउ मानिएको आईचर कम्पनीको अधिकृत बिक्रेता बतास एम.ए.डब्लु नेपालले च्यासिस् खरिदकर्ताहरुलाई एक समारोहका बिच चावी हस्तान्तरण गरेको छ । पश्चिम नेपाल बस प्रा.लि.का संचालकहरु नारायण घिमिरेले ३ वटा, नारायण भण्डारीले ३ वटा, ब्यबसायीहरु ऋषिराम डुम्रे ३ वटा, देवराज खनाल २ वटा, मदनप्रताप सिंह १ वटा च्यासिस् खरिद गरेका हुन ।

    च्यासिस् खरिदकर्ताहरुलाई चावी हस्तान्तरण गर्दै आईचर नेपालका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले आईचर मजिस्टेक वाई नामक प्रिमियम बस मोबिलिटीमा विश्वासिलो र दिर्घकालिन क्षमताको भएको बताए । यसअघि नेपालगन्जमा ११ वटा चावी हस्तान्तरण गरिएको उनले जानकारी गराए । ब्यबसायीहरुले गरेको बिश्वास प्रति सँधै नतमस्तक भै सेवारत रहने प्रतिबद्धता समेत उनले ब्यक्त गरे ।

    सो अवसरमा पश्चिम नेपाल बस प्रा.लि.का अध्यक्ष दधिराम खरेलले यात्रुबहाक बसको संख्या मात्र बढाउने कार्य सामान्य कुरा भएको तर यसको ब्यबस्थापन मुख्य चुनौतीको बिषय रहेको बताए ।

    IMG_7004.jpeg

    अध्यक्ष खरेलले ब्यबस्थापनको बिधि र प्रकृया तर्जुमा गर्न कठिनाई भएपनि यात्रुहरुको हितमा राखेर गुणस्तरिय सेवा र सुबिधा प्रदान गर्ने उद्देश्यले भित्राइएका यस्ता बसहरुको संचालन उचित ब्यबस्थापनका साथ गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

    सो अवसरमा संचालक नारायण घिमिरेले आईसर मजिस्टेक वाई नामक प्रिमियम बस समय सुहाउदो, यात्रुको चाहना अनुरुपको, बिश्वसनिय र भरपर्दो रहेको टिप्पणी गरे । अर्का संचालक नारायण भण्डारीले समय माग अनुरुप सेवालाई स्तरिय बनाउने उद्देश्यका साथ नयाँ बर्ष : नयाँ सेवा भन्ने सन्देशका साथ आएको जानकारी गराए ।

    IMG_6980.jpeg
    कम्पनीका बिक्रि प्रबन्धक रघु पौडेलका अनुसार नयाँ बर्षको प्रारम्भमै कम्पनीले लुम्बिनी प्रदेशमा १२ करोडको कारोबार गरेको छ । अर्का प्रबन्धक सन्तोष थापाले ब्यबसायीहरुले गरेको बिश्वासलाई कमि हुन नदिने बताए । एउटा च्यासिस्को मुल्य ५९‌लाख ८०‌ हजार‌ रहेको पनि उनले जानकारी गराए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology