बुटवल,बैसाख ४ ।
बुटवलको नरैनापुरमा भइरहेको १४ वर्षमुनिको पश्चिमाञ्चल क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा शान्ति नमुना विद्यालयले लुम्बिनी वर्ल्ड विद्यालयलाई ९ विकेटले पराजित गर्दै सहज जित हासिल गरेको छ।
लुम्बिनी वर्ल्ड विद्यालयले सिक्का छानी पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। तर, उसले १५ ओभरभित्रै जम्मा ३१ रनमा सबै खेलाडी गुमायो। शान्ति नमुना विद्यालयका शिशिर भुर्तेलले उत्कृष्ट बल प्रहार गर्दै ५ विकेट लिए भने दिउस अर्यालले ४ विकेट लिए।
३२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको शान्ति नमुना विद्यालयले ३ ओभर ३ बलमै १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। शिशिर भुर्तेलले ब्याटिङमा ५ रन बनाए। उत्कृष्ट बल प्रहारका कारण उनलाई “आजको उत्कृष्ट खेलाडी” घोषणा गरियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)