Logo बिहिवार, आश्विन १ गते २०८३
images

बचतकर्ताको रकम हिनामिना गरे‍र सनराइज सहकारीका अध्यक्ष फरार !

बचतकर्ताको रकम हिनामिना गरे‍र सनराइज सहकारीका अध्यक्ष फरार !

  • 1.5K
    SHARES

  • बचतकर्ताको रकम हिनामिना गरे‍र  सनराइज सहकारीका अध्यक्ष फरार !

    बुटवल,बैसाख ३ ।

    बुटवलमा रहेको सनराइज बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी बचतकर्ताको रकम हिनामिना गरे‍र फरार भएका छन् । चैत ३१ गतेसम्म बजारबाट रकम उठाएको सहकारीले सोही दिन अध्यक्ष फरार रहेकाले समस्या भएको सूचना टाँसेर सहकारी बन्द रहने जानकारी गराएको हो । 

    सूचनामा सम्बन्धित निकायबाट सहकारीका अध्यक्षको खोजी नहुँदासम्म सहकारी बन्द हुने उल्लेख छ । सहकारी बन्द भएको सूचना पाएपछि बचतकर्ताहरू कार्यालय धाउन थालेका छन् ।

    यो सहकारी आर्थिक वर्ष २०७८/८९ मा दर्ता भएको थियो । सहकारीका अध्यक्ष आकाश भट्रराई र कोषाध्यक्ष बसन्त भट्टराई दुवै मोबाइल अफ गरी सम्पर्कविहीन छन् । सहकारी उपाध्यक्ष रमेश भट्रराई र सचिव लक्ष्मी अधिकारीले भने आफूहरूलाई सहकारीबारे जानकारी नै नभएको, नातेदारले नागरिकताको फोटोकपी मागेकाले दिएको दाबी गरेको बचतकर्ता बताउँछन् । 

    लुम्बिनी प्रदेश स्थापनापछि १३० वटा सहकारी प्रदेशमा दर्ता भएका छन् । प्रदेशका १२ जिल्लामा ८४८ सहकारी छन् । लुम्बिनी प्रदेश सरकारको सहकारी रजिष्ट्रार कार्यालयले भने उक्त सहकारीको समस्याबारे कुनै जानाकारी नभएको जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology