बुटवल,बैसाख ३ ।
रुपन्देहीको सैनामैनाका बिजय कार्कीले मानव सेवा आश्रम बुटवलमा खाद्यान्न सहयोग गरेका छन् । उनले जन्मदिनको अवसर पारेर मात्रृभूमिमा सहयोग गरिरहेका छन् । उनी हाल रोजगारीको शिलशिलामा जापानमा छन् ।
बिदेशमा रहेका कार्कीले सानो सहयोगबाट केहि राहत होस् भन्ने उद्धेश्यले जन्मदिनको अवसर पारि सहयोग गरेको नागरिक अनलाइनलाई जानकारी दिए ।
उनले मानब सेवाका आश्रममा रहेका गरिब दुखी अनाथ र असाहायहरुलाई केहि राहत मिलोस भन्ने उद्धेश्यले करिब १५ हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरिएको बताए ।
बुटवलमा भएको कार्यक्रममा बोल्दै युवा समाजसेवी सिजन पौडेलले जन्मदिनको अवसरमा बिजयले बिदेश भएरपनि आफूमार्फत मानब सेवा आश्रममा सहयोग गर्ने अबसर प्रदान गरेकोमा धन्यबाद व्यक्त गरे ।
पौडेलका अनुसार कार्कीले चामल, दाल, तेल, चना, चाउचाउ लगायतका सामग्री सहयोग गरेका हुन् । आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिनसमेत उनले आग्रह गरे ।
उनले बिगतका बर्षहरूमा पनि जन्मदिनमा यसैगरी आश्रममा सहयोग गर्दै आएका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)