Logo बुधवार, श्रावण १३ गते २०८३
images

‘मजदुर र ब्यवसायीहरुको हकहितमा महत्वपूर्ण योगदान’

‘मजदुर र ब्यवसायीहरुको हकहितमा महत्वपूर्ण योगदान’

  • 975
    SHARES

  • ‘मजदुर र ब्यवसायीहरुको हकहितमा महत्वपूर्ण योगदान’

    बुटवल,बैशाख ३ ।

    सवारी दुर्घटनापछिको ठूलो संभावित आर्थिक क्षतिबाट चालक तथा मजदूरहरुलाई बचाउन यातायात मजदूर तथा व्यवसायी भलाई कोषले महत्वपूर्ण योगदान पु¥याएको सरोकारवालाहरुले बताएका छन् ।

    यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलको ५१ औं स्थापना दिवस तथा ४६ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै उनीहरुले संभावित ठूलो आर्थिक नोक्सानीबाट सर्वसाधारणलाई मारमा नपार्न भलाई कोषले ठूलो योगदान पु¥याएको बताएका हुन् ।

    कार्यक्रमको उदघाटन गर्दै कोषका पुर्वअध्यक्ष तथा भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले सवारी दुर्घटना र यसको कारण मजदुरहरुलाई पर्ने कानुनी र अन्य समस्याहरुलाई समाधान हुने गरी अग्रजहरुबाट यो स्थापना भएको बताए । 

    मजदुरबाट चलाएको संस्था आफ्नो कार्यकालमा ब्यवसायीहरुलाई समेत समेट्ने गरी विधान संशोधन गरिएको स्मरण उनले गरे । संस्थाको सदस्यता र नामाकरण समयसपेक्ष परिवर्तन हँुदै आएको इतिहास कोट्याउँदै उनले भविष्यमा संस्थालाई चलायमान बनाउन परिवर्तन हुदै उत्कृष्ट संस्थाका रुपमा चिनिने गरी अघि बढ्ने बताए । 

    सवारीको सिण्डिकेट र आलोपालोको विषयमा सरकार र यातायात ब्यवसायीहरु सही ढंगबाट आम नागरिकलाई बुझाउनबाट चुकेको उनले बताए । संस्था आफ्नो स्वाभिमान र हैसियत अनुसार अघि बढेको थापाले बताए । देशमा भैरहेको विकासको गति र सडक बिस्तारमा भएको ढिलाईबारे उल्लेख गर्दै उनले सरोकारवाला निकायहरुले दबाब दिन जरुरी रहेको बताए । भूमि आयोगको कार्यप्रगतिबारे प्रकाश पार्दै उनले देशकै ठुलो भूमिहिन र सुकुम्बासी बसोबास रहेको जिल्ला रुपन्देहीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । ‘रुपन्देही जिल्लामा भूमिहिन र सुकुम्बासी समस्या अव अन्त्य हुन्छ’–उनले भने । उनले 

    कार्यक्रममा संस्थाका अध्यक्ष दिनेश फुल्लेलले मजदुर र ब्यवसायीहरुको हकहितमा संस्थाको महत्वपूर्ण योगदान रहेको बताए । उनका अनुसार पछिल्लो पल्ट भलाई कोषले नेपालगन्ज र पोखरामा शाखा कार्यालय स्थापना गरेको छ । देशभर २८ वटा शाखा र ६८ जना कर्मचारी मार्फत कार्यसम्पादन भैरहेको पनि उनले जानकारी दिए । आव २०८१÷२०८२ मा विभिन्न प्रकृतिका जीवित २४० र निर्जिव ६५५ गरी ८९५ दुर्घटनामा सवारी साधनलाई आर्थिक, नैतिक र भौतिक सहयोग गरेको उनले बताए । 

    कार्यक्रममा नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले भलाई कोष यातायात ब्यवसायीहरुमाझ आफ्नो योगदानकै कारण छुट्टै पहिचान बनाउन सफल संस्था भएको बताए । मजदुरको हितमा काम गर्ने गरी स्थापना भएको संस्था बिस्तारै ब्यवसायीहरुलाई समेत समेटेर विधान संशोधन गरी नयाँ ढंगबाट अगाडि बढ्दा सफल भएको उनले बताए । 

    कार्यक्रममा पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले यातायात ब्यवसायीहरुको पिडा र समस्या समाधान सफलतापुर्वक गरेको हुँदा नै संस्थाको गरिमा समुदायमा उच्च रहेको बताए । संस्थाको नेतृत्वबाट भएको खटनपटन र जिम्मेवारीबाट कार्यसम्पादन महत्वपूर्ण रहने उनले बताए । 

    कार्यक्रममा पुर्वअध्यक्ष चिनबहादुर गुरुङले संस्थाको स्थापनामा संस्थापक अध्यक्ष स्वर्गीय राजेन्द्र श्रेष्ठको योगदानबारे चर्चा गर्दै यसलाई चलायमान बनाउन निरन्तर यातायात ब्यवसायी र मजदुरहरुको योगदान रहेको बताए । सीमित घेरामा रहेको संस्थाको क्षेत्र र सेवा बिस्तार गरेर सेवाग्राहीहरुको मन जित्न सफल भएको उनले दाबी गरे । 

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, पुर्वअध्यक्ष दिल बहादुर थापा, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव मुक्ति अधिकारी, नेकपाका केन्द्रीय सदस्य शरद ओली, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, नेपाली काँग्रेस जिल्ला कोषाध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, पेट्रोलियम डिलर्श एशोसिएशनका अध्यक्ष हिमाल गैरे, रुपन्देही ब्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाललगायतले सडक दुर्घटना न्युनीकरणका लागि संस्थागत रुपमा तालिम र अभिमुखिकरणलाई जोड्न आग्रह गरे । 

    कार्यक्रममा सवारी साधनमा लामो सेवा गरी ५८ वर्ष उमेर हद पार गरेका चालक पशुपति खरेललाई आर्थिक सहयोग गरिएको छ । यसैगरी सवारी दुर्घटनामा मृत्यु भएका कृष्णलाल मरासिनीको परिवारलाई ५० हजार रुपैयाँबाट सम्मान गरिएको छ । साधारणसभाले अध्यक्ष दिनेश फुल्लेल, महासचिव योग गुरुङ र कोषाध्यक्ष प्रकाशकुमार नेपालको प्रतिवेदन पारित गरेको छ ।
    भलाई कोषको स्थापना दिवसमा ७६ जनाद्वारा रक्तदान
    बुटवल, ३ बैशाख ।

    यातायात मजदुर तथा ब्यावसायी भलाई कोषले आफ्नो ५१ औ स्थापना दिवस तथा ४७ औ वार्षिक साधारण सभाको अवसरमा रचनात्मक कार्यक्रम गरी मनाएको छ । कार्यालय परिसरमा बुधबार वृहत रक्तदान, स्वास्थ्य परिक्षण तथा मूल समारोह गरी संस्थाले स्थापना दिवस मनाएको हो । 

    स्थापना दिवसको अवसरमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा ७६ जनाले रक्तदान गरेको कोषका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए । नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा मजदूर, यातायात व्यवसायी तथा अन्य शुभेच्छुकहरुले समेत रक्तदान गरेका थिए ।

    संघले स्थापना दिवसका अवसरमा हरेक वर्ष रक्तदान गर्दै आइरहेको संघका महासचिव योग गुरुङले बताए । त्यस्तै बुधबार सचिवालयमा मर्सि सिटी अस्पताल प्रालिको प्राविधिक सहयोगमा ब्यवसायीहरुको मधुमेहको परीक्षण गरिएको संस्थाका उपाध्यक्ष तथा संयोजक छवि थापाले बताए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology