Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गण्डकी कोटिहोमको भूमि पुजन र यज्ञ कुण्ड भोलि उत्तम साइतमा गरिंदै

गण्डकी कोटिहोमको भूमि पुजन र यज्ञ कुण्ड भोलि उत्तम साइतमा गरिंदै

  • 2.2K
    SHARES

  • गण्डकी कोटिहोमको भूमि पुजन र यज्ञ कुण्ड भोलि उत्तम साइतमा गरिंदै

    पोखरा,बैसाख २ ।

    पोखरा महानगरपालिका वार्ड नं. १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पुजन भोलि गरिने भएको छ ।

    अहिले गत चैत्र १७ गते देखि कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन लगायत अन्य कोटिहोम महायज्ञको प्रचारप्रसारका कार्यक्रमहरु भइरहेको छ ।

    नेपालको कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले गत चैत्र २९ गतेदेखी कथा प्रवचन गरिरहेकी छन् । कथा वाचिका पाण्डेले अगामी बैशाख ५ गतेसम्म कथा प्रवचन गर्नेछिन् ।  
    भोलि  बुधवार बिहान भूमी पूजन संगै मूल यज्ञ कुण्ड खन्ने साइत पनि रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । उक्त दिन सहभागीताको लागि पनि आयोजकले सम्पूर्ण भक्तजनहरुलाई पनि आग्रह गरेको छ । 

    भोलि बिहान ठीक ११ बजेर १ मिनेट जादाको उत्तम साहितमा नै भूमी पुजन गर्ने आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । त्यस्तै यज्ञ कुण्ड खन्ने साइत भने ११ बजेर ११ मिनेटमा रहेको पनि आयोजकले जानकारी दिएको छ ।b7865c4a-4a2a-4477-a8ad-fd4c7a249a55.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology