Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सर्वोच्चले जिल्लासँग माग्यो जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन

सर्वोच्चले जिल्लासँग माग्यो जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन

  • 1.1K
    SHARES

  • सर्वोच्चले जिल्लासँग माग्यो जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन

    काठमाडौँ,वैशाख २ ।

    सर्वोच्च अदालतले सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाएको छ । 

    न्यायाधीश विनोद शर्माको इजलासले जोशीले दायर गरेको थुनुवा, दफा ७३ निवेदनमाथि सुनुवाई गर्दै जिल्लासँग कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो । गत माघ २८ गते रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको गरेको थियो । 

    सोही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भने एक करोड रुपैयाँ धरौटीमा छाडिएको थियो ।चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्लाको आदेश उल्टाउँदै सहकारी ठगी प्रकरणमा लामिछानेलाई पनि थुनामा पठाउने आदेश गरेको थियो ।

    सो आदेशविरुद्ध सर्वोच्चमा थुनुवा दफा ७३ निवदेन दायर भएकोमा गत आइतबार सर्वोच्चले उच्चसँग कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology