Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थिङ्क ट्यांक स्याङ्जाले गर्‍यो महासचिव पाण्डेलाई सम्मान

थिङ्क ट्यांक स्याङ्जाले गर्‍यो महासचिव पाण्डेलाई सम्मान

  • 1.1K
    SHARES

  • थिङ्क ट्यांक स्याङ्जाले गर्‍यो महासचिव पाण्डेलाई सम्मान

    स्याङ्जा,बैसाख २ ।

    नेपाल सामुदायिक पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डे आफ्नै गृह जिल्ला स्याङ्जामा सम्मानित भएका छन् । 

    शिक्षामा सुधार, पुस्तकालय, सामाजिक पूर्वाधार तथा सकारात्मक संजाल निर्माण गर्दै बालबालिकाको क्षेत्रमा उल्लेख्य योगदानको कदर गर्दै थिङ्क ट्यांक स्याङ्जाले वालिङमा एक कार्यक्रमबीच उनलाई  ‘उत्कृष्ट नेतृत्व सम्मान २०८२ ले सम्मान गरेको हो । 

    महासचिव पाण्डेले जन्मथलो विर्घामा सुविधा सम्पन्न मातृभूमि पुस्तकालय निर्माण गरेर आफ्नो बुवा सहितका अभिभावकहरूको सपना साकार पार्ने प्रयत्न गरेको र यो अभियानलाई जिल्लाभर फैल्याउने प्रतिबद्धता व्यक्त गरे । 

    यो सम्मानलाई व्यक्तिगत उपलब्धिको रूपमा मात्र नभई शिक्षा, समाजसेवा र समर्पणको सामूहिक पहिचानको रूपमा ग्रहण गरेको उनले बताए । उनले भने, ‘यो सम्मान मेरो मात्र नभई मलाई मार्गदर्शन गर्ने शिक्षकहरू, साथ दिने अभिभावकहरू, प्रेरणा दिने समाजसेवीहरू र उज्यालो सपना देखिरहेका युवा पुस्ता सबैको हो ।‘

    शैक्षिक क्षेत्रमा स्याङ्जाले कमाएको कीर्ति थप उचाइमा पुर्‍याउने दायित्व आफ्नो पुस्ताको काँधमा रहेको भन्दै पाण्डेले नेपाल सामुदायिक पुस्तकालय संघको माध्यमबाट देश विदेशमा बालबालिकाका लागि शैक्षिक क्षेत्रमा प्रभावकारी काम गर्ने बाचा गरेका छन् । 

    शिक्षा, विकास र उद्यमका विषयमा पैरवी गर्दै आएको थिङ्क ट्यांकले सम्मान कार्यक्रमसँगै जिल्लामा तीन दिने शिक्षा, सीप तथा उद्यमशीलता मेला पनि आयोजना गरेको छ । 

    “उद्यमशीलता, वित्तीय साक्षरता र डिजिटल फ्रिलान्सिङ सीप” भन्ने मूल नाराका साथ आयोजित मेला स्याङ्जाका विद्यार्थी, युवा, शिक्षक, महिला समूह र उद्यमीहरूलाई लक्षित गरी, अवसर, सञ्जाल र सीप विकास गर्नतर्फ केन्द्रित रहेको स्याङ्जा थिङ्क ट्यांकका अध्यक्ष दिनकर नेपालले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology