Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘०८२ सालमा निजी क्षेत्रको मनोबल बढोस्’

‘०८२ सालमा निजी क्षेत्रको मनोबल बढोस्’

  • 1.4K
    SHARES

  • ‘०८२ सालमा निजी क्षेत्रको मनोबल बढोस्’

    भैरहवा, वैशाख १ ।

    उद्योगी–व्यवसायीले नयाँ वर्ष २०८२ सालमा निजी क्षेत्रको मनोबल बढोस् भन्दै शुभकामना व्यक्त गरेका छन् । उनीहरुले २०८१ सालमा निजी क्षेत्र निराश अवस्थामा रहेको बताएका हुन् ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले भैरहवामा आयोजना गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा उनीहरुले अब अधुरा काम पूरा हुने विश्वास व्यक्त गरे ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले संस्था संस्थागत लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए । मुलुकको अर्थतन्त्र चलायमान हुनुपर्ने उनको भनाइ छ ।

    त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनका लागि संघले पटकपटक आवाज उठाउँदै आएको बताए । अहिलेको मुख्य एजेण्डा विमानस्थल सञ्चालन भएको उनले बताए ।

    संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले २०८२ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलोस् र आयात भन्दा निर्यात बढोस् भन्ने कामना गरे ।

    नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भीष्म प्रसाद न्यौपानेले सिद्धार्थ उद्योग वाणिज्य संघको गरिमा र महत्व धेरै रहेको बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्माले २०८२ सालमा व्यवसायीको पीडा अन्त्य हुने विश्वास व्यक्त गरे । संघका पूर्वअध्यक्ष राम कुमार शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा आफूहरु निराश भएको बताए ।

    संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कूल प्रसाद न्यौपानेले स्थगित भएको अन्तर्राष्ट्रिय उडान पुनः सुचारु हुनुपर्ने बताए । संघका सल्लाहकार नवराज न्यौपानेले २०८२ मा देश नै स्वस्थ होस् भन्ने कामना गरे । सल्लाहकार विजय पाण्डेले २०८२ सबै नेपालीका लागि सुखमय हुने विश्वास व्यक्त गरे ।

    महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दु, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, संघका कार्यसमिति सदस्य रमेश घिमिरे, भित्तेपात्रो प्रकाशन समिति संयोजक एवं कार्यसमिति सदस्य प्रमोद रिजाल, परामर्शदाता रुपमा हिराचन लगायतले वर्ष २०८२ सबै नेपालीका लागि अघिल्ला वर्ष भन्दा राम्रो होस् भन्दै शुभकामना दिएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology