Logo बिहिवार, आश्विन १ गते २०८३
images

उपमेयर महिला भलिवल :एभरेष्टलाई ३-० ले पराजित गर्दै कुवरवर्ती बन्याे च्याम्पियन

उपमेयर महिला भलिवल :एभरेष्टलाई ३-० ले पराजित गर्दै कुवरवर्ती बन्याे च्याम्पियन

  • 4.1K
    SHARES

  • उपमेयर महिला भलिवल :एभरेष्टलाई ३-० ले पराजित गर्दै कुवरवर्ती बन्याे च्याम्पियन

    बुटवल,माघ ११-

    रुपन्देहीको तिलोत्तमा सम्पन्न दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि कुवरवर्ति माविले जितेको छ ।

    तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजना तथा मणिमुकुन्द भलिबल क्लबको संयोजकत्वमा योगिकुटीस्थित मणिमुकुन्द भलिबल कोर्टमा आईतबार भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा एभरेष्ट माविलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

    उपाधिसंगै कुवरवर्ती रनिङ शिल्ड, नगद ५५ हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता एभरेष्ट मावि ९रातो० भने नगद ३५ हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।2nd everest mavi.jpg

    एभरेस्ट मावि सेतो तृतिय हुदै नगद २० हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र तथा न्यु होराईजन मावि सान्त्वना हुँदै नगद १० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

    यसैगरि प्रतियोगितामा विद्यागत रुपमा बेष्ट प्लेयर अफ द टुर्नामेन्ट कुवरवर्तीकी भावना डागी घोषित हुदै नगद ३ हजार, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत भए ।

    प्रतियोगितामा बेष्ट स्पाईकर कुवरवर्तिकी कै शर्मिला नेपाली, बेष्ट सटर एभरेस्टकी जस्मा महतो, बेष्ट सर्भर एभरेस्टकी निर्भा सारु, बेष्ट डिफेन्स कुवरवर्तिकी मोनिका विष्ट, बेष्ट ब्लकर एभरेस्टकि बबिता बिसि, नव उदयमान सिद्धार्थकी एलिना चौधरी, बेष्ट डिसिप्लिन अफ टुर्नामेन्ट न्यु होराईजनकी रश्मि पुन, उत्कृष्ट प्रशिक्षक कुवरवर्तीका मिलन राना घोषित हुदै पुरस्कृत भए ।

    एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरी, तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, प्रवक्ता सरेन्द्र श्री, नगर खेलकुद विकास समितिको अध्यक्ष राजेन्द्र गुरुङ, शंकरनगर सामुदायिक वनका अध्यक्ष राम गिरि, मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारी, क्लबका संरक्षक सुरेन्द्र गरुङले विजयी टिम, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology