बुटवल, चैत्र २८ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको आरोप छ, उनले आफैँले गाडी चलाएर प्रहरीलाई किच्नेशैलीमा पेलेका थिए । त्यसपछि अवस्था उग्र बन्दै दुई जनाको ज्यान समेत गएको थियो । घटनालगत्तै फरार भएका उनी भारत भागेका थिए ।
‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंलेज्यूले आफ्नो सुरक्षाका लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ’, उनको सचिवालयले बिहीबार राति फेसबुकमार्फत भनेको छ ।
हिजो आफूहरुले भिडियो मार्फत ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुने भनेको र आज उपस्थित भएको सचिवालयको भनाइ छ ।
प्रसाईंले आफूले भारतमा आत्मसमर्पण गरेको बताइँरहँदा नेपाली अधिकारीहरुले भने हालसम्म औपचारिक पुष्टि गरेका छैनन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)