Logo बिहिवार, आश्विन १ गते २०८३
images

२४ घण्टामा चट्याङ लागेर ५ जनाको मृत्यु

२४ घण्टामा चट्याङ लागेर ५ जनाको मृत्यु

  • 1.2K
    SHARES

  • २४ घण्टामा चट्याङ लागेर ५ जनाको मृत्यु

    काठमाडौं, चैत २८।

    पछिल्लो २४ घण्टामा चट्याङका कारण देशभर ५ जनाको मत्यु भएको छ । राष्ट्रिय विप्द जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न पाँच जिल्लामा ५ जनाले ज्यान गुमाएका हुन् । झापाको गौरादह नगरपालिका–५ स्थित बालुबथानमा ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । पानीसँगै परेको चट्याङको झड्का लागेर उनको मृत्यु भएको हो । 

    मोरङको कानेपोखरी गाउँपालिका–१ मा १२ वर्षीय बालकको मृत्यु भएको छ । धनुषाको नगराईन नगरपालिका–८ अकौरामा ६० वर्षीया महिलाको मृत्यु भएको छ । खेतमा गएको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

    डोटीको सायल गाउँपालिका–६ दल्लेखमा ३३ वर्षीया महिलाको मृत्यु भएको छ । सो स्थानमा ७ जना घाइते भएका छन् । बझाङको बित्थडचिर गाउँपालिका–३ मा ७८ वर्षीया महिलाको मृत्यु भएको छ । सो ठाउँमा २ जना बालिका घाइते भएका छन् । 

    गएरातिबाट आएको वर्षाका कारण कालिकोटको रास्कोट नगरपालिका ६ मा लेदो सहितको पानीको कारण एउटा घरमा क्षति पुगेको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोला स्थित राप्ती राजमार्गमा पहिरोका कारण क्षति पुगेको छ । त्यस्तै कालिकोटको सुर्खेत–हुम्ला सडक अवरुद्ध भएको छ । 

    विपद्मा परेर देशभर १६ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology