Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल कालिकापथमा सडक खाना महोत्सव हुँदै,तयारी तीब्र

बुटवल कालिकापथमा सडक खाना महोत्सव हुँदै,तयारी तीब्र

  • 4.1K
    SHARES

  • बुटवल कालिकापथमा सडक खाना महोत्सव हुँदै,तयारी तीब्र

    बुटवल,चैत २८ ।

    रुपन्देहीको बुटवलमा लाइभ म्युजिकसहितको सडक खाना महोत्सव हुने भएको छ । नयाँ वर्ष २०८२ को स्वागतमा रेष्टुरेन्ट एण्ड बार एशोसियशन नेपाल (रेबन) रुपन्देहीको आयोजनामा यहि बैशाख ३० गतेदेखि ‘सडकमै खाऔँ, सडकमै रमाऔं’ भन्ने नारा सहित सडक खाना महोत्सव गर्न लागेको हो ।

    बुटवलको कालिकापथ सडकमा मिलनचोक तिनकुने चोकदेखि कालिकानगर शिवालय मन्दिरसम्म ५० बढी स्टल राखिने रेष्टुरेन्ट एण्ड बार एशोसियशन नेपाल रुपन्देहीका अध्यक्ष प्रशान्त कोईरालाले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा लाइभ म्युजिकसहित विभिन्न खानाका परिकार राखिने छ ।

    उहाँले नेपाली नयाँ वर्षको महिमा उजागर गरी आन्तरिक तथा बाह्य पर्यटकलाई बुटवलमा भित्र्याउने लक्ष्य सहित सडक खाना महोत्सवको आयोजना गरिएको बताउनु भयो । न्यू जेनेरेशनलाई लक्षित गरी आयोजना गरिएको महोत्सवमा तिर्सना गुरुङ, चक्र एण्ड अमात्य, प्रतिक्षा एण्ड टिमको साँगितिक प्रस्तुती रहने रेबन रुपन्देहीले जनाएको छ । महोत्सवमा खानाका परिकार बाहेक अन्य उत्पादनका स्टल समेत सहभागि हुने छन् ।

    पाँच लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिईएको महोत्सव रातको समयमा हुने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाईने छ । संस्थाका सदस्य, स्वयम् सेवक तथा निजी सेक्युरिटि कम्पनी सहित नेपाल प्रहरीसंग समेत समन्वय गरिएको अध्यक्ष कोईरालाले बताउनु भयो ।

    कालिकापथ सडक बुटवलको मुख्य वैकल्पिक सडक पनि भएकाले सवारी साधनको आवागमनलाई ध्यानमा राखेर दिनको समयमा सडक खुल्ला राखिनेछ भने महोत्सव हुने रातको समयमा आवतजावतका लागि वैकल्पिक मार्गहरु प्रयोग गर्नेगरी व्यवस्था मिलाईने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology