बुटवल,चैत २८ ।
बुटवलमा जारी यू–१४ टि ट्वान्टी क्रिकेट प्रतियोगितामा रुपन्देही क्रिकेट एकेडेमी र देवदह क्रिकेट एकेडेमी विजयीभएका छन ।
वेस्टर्न क्रिकेट क्लब बुटवलको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुधबार भएकोपहिलो खेलमा रुपन्देही क्रिकेट एकेडेमीले वेस्टर्न क्रिकेट एकेडेमीलाई १४ रन तथा तथा दोस्रो खेलमा देवदह क्रिकेटयुनिटले नवज्योती एकेडेमीलाई १६ रनले पराजित गरेको हो ।
नरैनापुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा रुपन्देहीले टस जितेर ब्याटिङ रोजेर निर्धारित २० ओभरमा ५ बिकेटकोनोक्सानीमा ११३ रनको लक्ष्य खडा गरेको थियो । रुपन्देहीका ओपनर सामु मोहमद खानले १७ बलमा १४ रन, सोयबहसन मुसलमानले २३ बलमा नटआउट ३३ रनको योगदान दिए ।
वेस्टर्नका सम्राट पोखरेलले ४ तथा सुप्रिम कंडेलले १ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको वेस्टर्न २० ओभरमा ७बिकेटको नोक्सानीमा केवल ९९ रनमा समेटियो । वेस्टर्नका ओपनर स्वीकृत पौडेलले ३८ बलमा ३३ रन, सुगम केसीले३४ बलमा ३२ रनको योगदान दिए । कम स्कोरमा रोक्न रुपन्देहीका सरिक अलि, मुसलमान, सत्यम हरिजन रभानुभक्त पाण्डेयले समान २–२ बिकेट लिए ।
खेलमा रुपन्देहीका भानुभक्त पाण्डेय प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि दोस्रो खेलमा टस जितेरदेवदहले निर्धारित २० ओभरमा ३ बिकेटको नोक्सानीमा १३५ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि रोहितकुवरले नटआउट ८८ रन जोडे । कुवरले ७४ बलमा १२ चौकाको मद्यतले आफनो अर्धसतक पुरा गरेका थिए । यसैगरिक्रिस केसीले २७ बलमा १९ रनको योगदान दिए । नवज्योतीका अश्वदीप सिहले २, इमरान खानले १ बिकेट लिए ।
नवज्योती निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११९ रनमा समेटियो । फुलचन्दले ३० बलमा १९ रन तथा प्रिन्सशाहनीले ६९ रनमा ६१ रनको योगदान दिए । कम स्कोरमा रोक्न देवदहका क्रिस केसीले ३ बिकेट लिए । देवदहकारोहित कुवर प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगितामा १२ वटा टिम दुई समुह विभाजन गरी राउण्ड रोविनका आधारमा खेलाएर समूहको शिर्ष दुई टोलीलेउपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष भुवन पाण्डेले बताए । प्रतियोगितामा विजेता टिमले नगद ४१ हजारट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले २१ हजार नगद राशी प्राप्त गर्ने उनले बताए ।
यसैगरी विधागत तर्फउत्कृष्ट व्याट्सम्यानलाई २ हजार ५ सय, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार नगद राशीले सम्मान गरिने उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)