Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अहिलेको व्यवस्था बदल्ने कुरा गर्नु मुर्खता : महामन्त्री थापा

अहिलेको व्यवस्था बदल्ने कुरा गर्नु मुर्खता : महामन्त्री थापा

  • 1.1K
    SHARES

  • अहिलेको व्यवस्था बदल्ने कुरा गर्नु मुर्खता : महामन्त्री थापा

    बुटवल,चैत्र २७ ।

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टाउकोले टेकेको संघीयतालाई खुट्टाले टेकाउनु पर्ने बताएका छन् । बुधवार नेपाली कांग्रेस रुपन्देही प्रतिनिधिसभा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले हालको व्यवस्थामा सुधार गर्नुपर्ने विषय थुप्रै भएपनि व्यवस्था बदल्ने कुरा गर्नु मुर्खता हुने बताए ।

    संघीय व्यवस्था नेपालमा आवश्यक रहेपनि खर्च व्यवस्थापन गर्न नसक्ने समस्या देखिएकोले यसमा सुधार आवश्यक रहेको उल्लेख गर्दै नेता थापाले जनप्रतिनिधि, मन्त्री र सांसद संख्या घटाउनुपर्ने साथै उपराष्ट्रपति, उपसभामुखजस्ता पद खारेज गरेर खर्च कटौति गर्नुपर्ने विचार राखे ।   

    "केही साथीहरु सडकमा हुनुहुन्छ, व्यवस्था बदल्ने कुरा गर्नु भएको छ । राष्ट्रपतिको ठाउँमा राजा राखेर समस्याको हल खोज्ने कुरा गर्नु भएको छ ।" महामन्त्री थापाले भने, "संबैधानिक राजसंस्था नेपालमा सम्भव देखिएन, राजतन्त्रकै कुरा गरिएको हो भने त्यो प्रजातन्त्रको विरुद्ध हुन जान्छ । त्यसैले नेपाली कांग्रेस यो व्यवस्था उल्टाउने र उल्टाउनुपर्छ भन्नेहरुको पक्षमा रहन सक्दैन ।"

    ३० वर्षे पन्चायतकालको विकास र ३० वर्षे प्रजातान्त्रिककालको विकासमा आकाश-पातालको फरक भएको उल्लेख गर्दै नेता थापाले राजाले विकास गरे भन्ने कुरामा सत्यता नरहेको दावी गरे । "यो बीचमा माओवादी युद्ध, शान्ति प्रक्रिया, हतियार व्यवस्थापन, कोरोना सबैको बाबजुत पनि विकासको कामले गति लिइनै रहेको छ ।"

    महामन्त्री थापाले भने, "गृहयुद्धमा रहेको मुलुकलाई शान्ति प्रक्रियामा ल्याएर मुलुकलाई परिवर्तनको दिशामा लैजान कांग्रेसले नै भूमिका खेल्यो । यसले यो देशको सबैभन्दा व्यवस्थित र प्रजातान्त्रिक पार्टी कांग्रेस हो भन्ने प्रमाणित हुन्छ ।"

    फरक प्रशंगमा नेता थापाले नेकपा माओवादी केन्द्रसंग चुनाबी एकता गर्नु गलत रहेको बताए । कांग्रेसले एक्लै चुनाब लड्नु पर्ने विचार व्यक्त गर्दै  उनले आन्तरिक एकता बलियो बनाए कांग्रेसलाई कसैले हराउन नसक्ने दावी गरे । 

    कार्यक्रममा पुर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाण, पार्टी केन्द्रिय सदस्य अब्दुल रज्जाक, भरत शाह लगायतले बोल्दै नेपाली कांग्रेस नै देशलाई सही नेतृत्व दिन सक्ने राजनीतिक दल भएको बताए ।IMG_6616.jpeg

    कार्यक्रममा सभापतिको आशनबाट बोल्दै पार्टीका क्षेत्रीय सभापति हिरा बहादुर खत्रीले बेरोजगार समस्या अहिलेको मुख्य समस्या रहेकोले सबैजना उत्पादनमा जोडिन आवश्यक रहेको बताए । उनले नेपाली कांग्रेसका सबै नेता कार्यकर्ता उद्यम र उत्पादनमा जोडिएर नमुना बन्नुपर्ने विचार राखे । 

    सम्मेलनमा सहभागी प्रतिनिधिहरुले पार्टी नेतृत्वसंग नीति र आगामी कार्यक्रमबारे छलफल समेत गरेका छन् । कार्यक्रममा क्षेत्रीय सचिव बैजनाथ शहानीको संचालन र उपसभापती नवीनराज आचार्यको स्वागत रहेको थियो । 

    सम्मेलनमा क्षेत्रीय सभापति हिराबहादुर खत्रीले समसामयिक राजनैतिक प्रतिवेदन, सचिव बिजय गुरुङले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञ अर्यालले आर्थिक प्रतिवेदन पेश गरेका थिए । हलमा प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मत पारित भएको पार्टीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology