Logo मंगलवार, श्रावण १२ गते २०८३
images

महर्षि पाणिनीको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि : प्रधानमन्त्री ओली

महर्षि पाणिनीको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि : प्रधानमन्त्री ओली

  • 846
    SHARES

  • महर्षि पाणिनीको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि : प्रधानमन्त्री ओली

    अर्घाखाँची,चैत्र २७ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनीको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि भएको बताएका छन् । प्रधानमन्त्री ओलीले अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन गर्दै पाणिनिको जन्मस्थल अर्घाखाँची विश्वव्यापी रुपमा ज्ञानको शुरुआत भएको पुण्यभूमि रहेको बताए । 
     
    “विश्वव्यापी रुपमा स्थापित व्याकरणका पिता महर्षि पाणिनीको जन्मभूमि रहेको यो स्थान पवित्र छ, पुण्य छ, देवभूमि हो, यहाँबाटै ज्ञानको शुरुआत भएको हो । अरु सबै व्याकरणहरुमा पाणिनिको सूत्रलाई आधार मानिएको छ”, प्रधानमन्त्रीले भने, “पाणिनीको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको शुरुआतसँगै सङ्गीत र लयको विकास भएको हो ।”
      
    उनले पाणिनीको योगदान असाधारण रहेको चर्चा गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको तीन हजार नौ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भइरहेको बताए । 
     
    प्रधानमन्त्री ओलीले पाणिनीले मात्र नभई शिव, ऋषि, पतञ्जलि, र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिको समुचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीयस्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिने स्पष्ट पारे । 
     
    प्रधानमन्त्री ओलीले आजभन्दा करिब २५ सय वर्ष पहिले पाणिनी ऋषिले तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको यस पुण्यभूमिको विकासमा नेपाल सरकारले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसैक्रममा सम्मेलन उद्घाटन गर्न आएको स्पष्ट गरे । 
     
    दुईदिने सो सम्मेलनमा  लुुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली,  नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारी र पुष्पा भुसाल तथा लुम्बिनी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपाने, धर्म गुरु तथा संस्कृत भाषाका विद्वान् ज्ञानानन्द सरस्वतीलगायत भाषाविद्हरुको उपस्थिति रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology