Logo बिहिवार, आश्विन १ गते २०८३
images

पोखरामा गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी तीब्र,संकल्पसभा सम्पन्न

पोखरामा गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी तीब्र,संकल्पसभा सम्पन्न

  • 2.0K
    SHARES

  • पोखरामा गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी तीब्र,संकल्पसभा सम्पन्न

    बुटवल,चैत्र २५ ।

    पोखरा १७ बिरौटामा ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी तीब्र पारिएको छ । मानव सेवा फाउन्डेसन, नेपालले महायज्ञको तयारी तीब्र पारिएको आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी गराएका हुन् ।  कोटीहोमको जेठको २६ गतेसम्म सञ्चालन हुने छ । 

    सोही क्रममा गुरू विजय कृष्णमुर्ति महाराजले कुनै पनि कमी कमजोरी हुन नदिने हिसाबले महायज्ञको व्यवस्थापन गरेको भन्दै यसमा केही गल्ती भए सुझाव दिन आग्रह गरेका छन् । संकल्पसभाले आयोजकलाइ थप हौसला प्रदान गरेको छ ।

    महायज्ञको संकल्प सभा पनि गरिएको छ । संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्री कृष्ण मूर्तीजी महाराजले महायज्ञ अवधिभर हुने विविध कार्यक्रमको बारेमा जानकारी दिँदै ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञले गण्डकी क्षेत्र र धार्मिक दृष्टिकोणमा यसको महत्व, यज्ञको महिमा, हवनको महिमा, कोटिहोम महायज्ञको उद्देश्य लगायतको विषयमा जानकारी दिएका थिए ।

    कोटिहोम महायज्ञमा संकलन भएको रकमले खर्च व्यवस्थापन भएर शेष रहेको रकमबाट पोखरामा १७ मा रहेको हरिहर मन्दिर, मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको विकासको लागि पहल गर्ने लगायतको बिषयमा पनि जानकारी दिए ।

    गत महिना नै बाराहीघाटमा सञ्चालन हुने भनिएको महायज्ञ पोखरा महानगरपालिकाको अवरोधका कारण त्यहाँ हुन सकेन र भूमिपूजनका बेला झडपको अवस्था पनि सिर्जना भएको थियो । विवाद समाधान समिति बनाएरै महायज्ञको स्थान परिवर्तन गरेपछि सौहार्दपूर्ण रुपमा महायज्ञ सञ्चालन गर्ने वातावरण बनेको हो । पोखरा महानगरपालिकाले पनि यस महायज्ञलाई स्वीकृति र सहमति प्रदान गरेको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology