बुटवल,चैत्र २५।
सामाजिक कार्यमा अग्रणी संस्था जी ट्वान्टी फाइभ क्लवले बुटवलमा सरसफाइ गरेको छ । विश्व स्वास्थ्य दिवसको अवसरमा आज बुटवलका २ वटा मोटरेवल पुलको सरसफाइ गरिएको हो ।
बुटवल ११ देवीनगरमा रहेको क्लवले गरेको सरसफाइ कार्यक्रमको एक समारोहका बिचमा शुभारम्भ गर्दै बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले समाज रुपान्तरणका लागि क्लवले निकै सकारात्मक काम गरिररेहेको बताउनुभयो। क्लवका अध्यक्ष जगदिश न्यौपानेले बुटवलको सुन्दरतामा थप योगदान दिदै सकारात्कम सन्देश प्रवाहका लागि कार्यक्रम गरिएको बताउनुभयो ।
क्लवले बुटवलको देवीनगरको पक्की पुल र नहरपुरमा रहेको पक्कीपुलमा सरसफाइ गरि फोहोर उठाएर ब्यवस्थापन गरेको थियो । सो कार्यक्रममा संस्थापक अध्यक्ष रमेश कुमार जोशी,निवर्तमान अध्यक्ष निर्मल नेपाल,मार्ग दर्शक बिमलराज घिमिरे,संरक्षक प्रेम प्रसाद पाण्डे, संयोजक मदन पौडेल,महासचिव किशोर पंगेनी लगायतले बोल्नुभएको थियो ।
सरसफाइ कार्यक्रममा क्लवका पदाधिकारी,पूर्व अध्यक्षहरु ,शुभेच्छुक तथा आजिबन सदस्यहरुको सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)