Logo बिहिवार, आश्विन १ गते २०८३
images

हुलास स्टिलको पहिलो सर्भिस सेन्टर रुपन्देहीमा,३ करोड लगानी

हुलास स्टिलको पहिलो सर्भिस सेन्टर रुपन्देहीमा,३ करोड लगानी

  • 1.3K
    SHARES

  • हुलास स्टिलको पहिलो सर्भिस सेन्टर रुपन्देहीमा,३ करोड लगानी

    बुटवल, चैत २५  ।

    हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले रुपन्देही तिलोत्तमामा पहिलो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

    ४३ वर्षदेखि जस्तापाता लगायत स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको उद्योगले तिलोत्तमा नगरपालिका–७ मंगलापुरमा २ बिघा क्षेत्रफलमा ३ करोड लगानीमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

    सर्भिस सेन्टरमा हुलास स्टिलका एच स्पान र हुलास हेरिटेज शिट उत्पादन र बिक्री हुने कम्पनीका चिफ फाइनान्स अफिसर सुनिल मनोत (जैन) ले बताए । सर्भिस सेन्टरबाट उपभोक्ताले चाहेको आकार र परिमाण ६ घण्टाभित्र डेलिभरी पाउने उनले बताए ।

    रुपन्देहीमा उत्पादन हुने एच स्पान र हुलास हेरिटेज शिटको मूल्य सिमरास्थित मुख्य उद्योगमा उत्पादन भएर आउनेभन्दा सस्तो हुने र अर्डर गरेकै भोलिपल्ट डेलिभरी पाइने भएकाले उपभोक्ता लाभान्वित हुने मनोतले बताए ।

    तीन दशकदेखि हुलास स्टिलको आधिकारिक विक्रेता रहेको भट्टराई हार्डवेयर्स एन्ड सप्लायर्ससँगको सहकार्यमा सञ्चालनमा आएको सर्भिस सेन्टरको बिहीबार तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले उद्घाटन गरे ।

    सेन्टर उद्घाटन गर्दै नगर प्रमुख खाँणले नेपालकै प्रतिष्ठित उद्योगले तिलोत्तमामा सर्भिस सेन्टर स्थापना गर्नुले यहाँ रोजगारी सिर्जना हुने, व्यवसाय चलायमान हुने र उपभोक्ता समेत लाभान्वित हुने बताए ।

    तिलोत्तमा उदाउँदो नगर भएकाले यहाँ उद्योग, कारखाना, पोल्ट्री फार्म र आवासीय घर बन्ने क्रम बढ्दो दरमा रहेकाले सर्भिस सेन्टर दिगो रूपमा सञ्चालन हुने बताए ।

     

    रुपन्देही औद्योगिक हबसमेत भएकाले यस्ता उद्योगले उत्पादन युनिट सञ्चालनमा ल्याउँदा औद्योगिक र व्यावसायिक वातावरण बन्ने उनले बताए ।

    सर्भिस सेन्टर सञ्चालनमा आउँदा सिमराबाट बुटवलसम्म ढुवानी गर्दा हुने खर्च कटौती हुँदा उपभोक्ताले सस्तो मूल्यमा पाउने हुलासका स्थानीय अधिकृत विक्रेता हार्डवेयर्स एन्ड सप्लायर्सका सञ्चालक नारायण भट्टराईले बताए ।

    उपभोक्ताले आफ्नो रोजाइ र साइजमा ४ देखि ६ घण्टाभित्र डेलिभरी पाउने र डिलरले धेरै स्टक राख्नुपर्ने झन्झटबाट मुुक्त हुने उनले बताए ।

    चाहे अनुसार ठूला साइजको एच स्पान र हेरिटेज शिट अन्य कर्कटपाताको तुलनामा १५ प्रतिशतसम्म सस्तो हुने भट्टराईको दाबी छ । धेरै ठाउँ किला ठोक्नु नपर्ने हुँदा पानी चुहिने समस्यामा शतप्रतिशत कमी आउने कम्पनीको दाबी छ ।

    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले हुलास स्टिलले रुपन्देहीमा पहिलो सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदा उपभोक्ता र उद्योगी–व्यवसायी लाभान्वित हुने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology