Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रचण्ड–माधव पक्षद्वारा केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी निष्कासन !

प्रचण्ड–माधव पक्षद्वारा केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी निष्कासन !

  • 2.9K
    SHARES

  • प्रचण्ड–माधव पक्षद्वारा केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी निष्कासन  !

    बुटवल,माघ ११-

    प्रचण्ड–माधव पक्षले केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

    आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले सो निर्णय गरेको हो । ओलीले राष्ट्र र पार्टी हितका विरुद्ध गतिविधि गरेपटि पार्टीले लिएको स्पष्टीकरणको जवाफ नदिएपछि उनलाई साधारण सदस्यता समेत नरहनेगरी कार्वाही गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    यसअघि पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिएका ओलीलाई पार्टी केन्द्रीय कमिटी बैठकको अधिकार प्रयोग गरी साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

    श्रेष्ठले भने– ‘यसअघि पार्टी अध्यक्षबाट हटाएपछि पनि उनले राष्ट्र, जनता, संविधान र पार्टीका विरुद्ध लगातार गतिविधि गरेकोले पार्टी विधानअनुसार उनलाई स्पष्टीकरण सोधिएको तर त्यसको जवाफ स्पष्टीकरण नदिएपछि आजको स्थायी कमिटी बैठकले पार्टी सदस्यबाट हटाउने निर्णय गरेको  छ ।’ 

    बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवमा गंगालाल तुलाधार र उपसचिवमा मोहन गौतमलाई जिम्मेवारी दिएको छ ।

    माघ ९ गतेको जनप्रदर्शन भव्य रुपमा सम्पन्न भएको निश्कर्ष निकाल्दै सोमबार अर्को चरणको संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology