Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल मोबाइल संघद्वारा कर परामर्श तालिम एवं क्यालेण्डर बिमोचन

बुटवल मोबाइल संघद्वारा कर परामर्श तालिम एवं क्यालेण्डर बिमोचन

  • 2.7K
    SHARES

  • बुटवल मोबाइल संघद्वारा कर परामर्श तालिम एवं क्यालेण्डर बिमोचन

    बुटवल,चैत्र २५ ।

    बुटवल मोबाइल संघ रुपन्देहीले कर परामर्श तालिम तथा नव बर्ष २०८२ को शुभकामना आदानप्रदान एवं क्यालेण्डर बिमोचन गरेको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरि तालिम तथा क्यालेण्डर बिमोचन गरिएको हो ।

    अध्यक्ष शिवदेब अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी बुटवल उप महानगरपालिकाकी उपप्रमुख साबित्रादेबि अर्यालले बुटवलका मोवाइल ब्यवसायीले देशभरमै नयाँ सन्देश दिनका लागि मोवाइलको मुल्यमा एकरूपता दिन आग्रह गर्नुभयो । उहाँले सबै ब्यवसायी करको दायरामा आए स्रथानीय सरकार सहयोगका लागि तयार रहने बताउनुभयो ।

    सो अवसरमा नेपाल मोबाइल ब्यावसायी सदस्य बुटवल मोबाइल सङका सल्लाहकार बिष्णु ज्ञवाली, कपिलवस्तु मोबाइल  ब्यवसायी संघका अध्यक्ष नारायण घिमिरे, महासंङका कृष्णप्रसाद आचार्य,प्रदेशका बरिष्ठ उपाध्यक्ष डिमानन्द भण्डारी,बुटवल मोवाइल संङ्घका सल्लाहकार एमएल पाण्डे,प्रेस सल्लाहकार कपिल ज्ञवाली,महासचिव सालिकराम क्षेत्री  ,कार्यक्रम संयोजक बिकास गौतम,दिपेन्द्र पाण्डे र पुर्षोतम खनाल लगायतले बोल्दै सरकारले ब्यवसायी मैत्री नीति बनाउनुपर्ने बताएका थिए ।

    संघका अध्यक्ष शिवदेब अर्यालले कर परामर्श तालिमले ब्यवसायीलाइ थप सहयोग गर्ने अपेक्षा गरिएको बताउनुभयो ।mbl.jpg                        

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology