Logo मंगलवार, श्रावण १२ गते २०८३
images

वेष्टर्न क्रिकेट क्लव: १४ वर्षमुनिका खेलाडीहरूका लागि ४१ हजार राशीको क्रिकेट प्रतियोगिता गर्दै

वेष्टर्न क्रिकेट क्लव: १४ वर्षमुनिका खेलाडीहरूका लागि ४१ हजार राशीको क्रिकेट प्रतियोगिता गर्दै

  • 1.1K
    SHARES

  • वेष्टर्न क्रिकेट क्लव: १४ वर्षमुनिका खेलाडीहरूका लागि ४१ हजार राशीको क्रिकेट प्रतियोगिता गर्दै

    बुटवल,चैत्र १९ ।

    वेष्टर्न क्रिकेट क्लबको आयोजनामा अण्डर फाेर्टिन खेलाडीहरूका लागि क्रिकेट प्रतियोगिता हुने भएको छ। मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष भुवन पाण्डेले प्रतियोगिता चैत्र २२ देखि ३० गतेसम्म बुटवल १६ को नरैनापुर खेलमैदानमा सञ्चालन हुने जानकारी दिए।

    विजेता टिमले ४१ हजार रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २१ हजार रुपैयाँ पाउनेछ। साथै, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र म्यान अफ द म्याचलाई विशेष पुरस्कार प्रदान गरिनेछ।

    म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई मेडलसँगै हैदराबादी दम बिरयानी बुटवलको तर्फबाट एक प्लेट बिरयानी दिइनेछ। त्यस्तै, बाहिर बसेर खेल हेर्ने दर्शकले क्याच समातेमा पनि एक प्लेट बिरयानी जित्ने अवसर पाउनेछन्।

    प्रतियोगिता बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको हो भने हैदराबादी दम बिरयानी बुटवल मुख्य प्रायोजक रहेको छ। साथै, गार्गी एकेडेमीले खेलाडीलाई मैदानसम्म लैजाने व्यवस्था मिलाएको छ। पत्रकार सम्मेलन क्लबका अध्यक्ष भुवन पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका प्रमुख चन्द्रकान्त आचार्य रहेका थिए।

    कार्यक्रममा लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङ, नेपाल क्रिकेट संघका पूर्व कार्यवाहक सचिव प्रसान्त विक्रम मल्ल, बुटवल क्रिकेट विकास समितिका कार्यवाहक अध्यक्ष रोमित बज्राचार्य, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल,गार्गी एकेडेमीका प्राचार्य भुवन अधिकारी,खेलाडी, प्रशिक्षक तथा एकेडेमी सञ्चालकहरूको उपस्थिति रहेको थियो।

    प्रतियोगितामा १२ टिम सहभागी हुनेछन्, जसमा स्टार क्रिकेट एकेडेमी, शान्ति नमुना, नव ज्योति लगायतका टिम छन्। दर्ता शुल्क ८ हजार रुपैयाँ तोकिएको छ।

    कार्यक्रममा प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology