बुटवल,चैत्र १९ ।
युवा पुस्ताका चर्चित कवि नवराज पराजुलीको कविता कन्सर्ट बुटवलमा सम्पन्न भएको छ । सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको क्लोथ एन्ड फुड बैङ्क नेपाल र ड्रिम हाइ नेपालले आयोजना गरेको कविता कन्सर्टमा कवि पराजुलीले आधा दर्जन चर्चित कविताहरु सुनाउनुभएको थियो ।कवि पराजुलीले कवितामार्फत बुटवलक्षेत्रका दर्शकहरुलाई मन्त्रमुग्ध बनाउनुभएको थियो ।
कवि पराजुलीले दर्शकहरुको मायाले बुटवल फर्की फर्की कार्यक्रममा आएरहेको बताउनु भयो । साहित्यिक मनहरुलाइ आभार ब्यक्त गर्दै पराजुलीले यसअघि बुद्ध मावली देवदहमा पनि दर्जन बढि चर्चित कविताहरु सुनाउनुभएको थियो ।
कविता कन्सर्टकै लागि कवि पराजुली पछिल्लो ५ महिना अमेरिकामा , युएई र नेपालका बिभिन्न जिल्लाहरुमा पुग्नुभएको थियो । धार्मिक अभियान्ता ज्यो जनार्दन न्यौपानेको प्रमुख आतिथ्यता र आयोजक संस्थाका प्रमुख कमल जिसीको सभापतित्वमा सम्पन्न समारोहमा कवि पराजुलीलाई सम्मान समेत गरिएको थियो ।
सो अवसरमा टुना टे्क्नोलोजीका सिइयो राजिब गौतम,आविश्कार खनाल लगायतले बोल्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)