Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एफएनजे रूपन्देही : मिडियाकप तथा कर्पोरेट फुटसल शुरू भोलि फाइनल

एफएनजे रूपन्देही : मिडियाकप तथा कर्पोरेट फुटसल शुरू भोलि फाइनल

  • 1.2K
    SHARES

  • एफएनजे रूपन्देही :  मिडियाकप तथा कर्पोरेट फुटसल शुरू भोलि फाइनल

    बुटवल,चैत १८।

    नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि बुटवलमा साइन रेसुङ्गा कर्पोरेट कप तथा मिडिया कप फुटसल प्रतियोगिता सुरु भएको छ ।

    महासंघको ७० औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिता अन्तरगत कर्पोरेट कपको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले खेलको माध्यमबाट भातृत्व बिकासमा टेवा पुग्ने बताए । 

    सधै समाजका लागि कलम चलाउने श्रमजिवीहरु खेलकूदको माध्यमबाट जोडिनु सकारत्मक भएको उल्लेख गरे । बुटवल–११ देविनगरस्थित ग्रिनफिल्ड फुटसल एरिनामा जारी प्रतियोगिता अन्तरगत आइतबार समूहचरणसहित पहिलो सेमिफाइनल खेल सम्पन्न भएको छ ।IMG_4226.jpeg

    पहिलो सेमफाइनल आयोजक महासंघ रुपन्देहीलाई पराजित गर्दै ईन्जिनियर्स एसोसिएसन रुपन्देही फाइनल प्रवेश गरेको छ । उसले महासंघलाई ५–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यसैबीच अन्तिम सेमिफाइनल खेल सोमबार हुने प्रतियोगिताका संयोजक सुमन रश्मी श्रेष्ठले जानकारी दिए । सोमबार फाइनल प्रवेशका लागि शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता समिति बीच हुने संयोजक श्रेष्ठले जानकारी दिए । कर्पोरेट कप अन्तरगत २२ वटा समुहको सहभागिता रहेको थियो । 

    जारी प्रतियोगितामा सोमबार मिडिया कप फुटसल प्रतियोगिता सुरु हुने छ । उक्त प्रतियोगितामा रुपन्देहीका ९ वटा सञ्चारगृहको सहभागिता रहेको छ । 

    आपसी सद्भाव तथा भातृत्व बिकासका लागि प्रतियोगिता आयोजना गरिएको पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए । महासंघले आयोजना गरेको कर्पोरेट कप फुटसलमा विजेताले नगद २५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद राशी १५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

    यसैगरी मिडिया कपतर्फ विजेताले १७ हजार ७७७ र उप विजेताले ७ हजार ७७७ रुपैयाँ नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

    दुबै इभेन्टमा विधागततर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक तथा सर्वाधिक गोलकर्तालाई नगद राशीले सम्मान गरिने महासंघका सचिव सीपी खनालले जानकारी दिए । प्रतियोगितालाई जित र हारको रुपमा भन्दा पनि आपसी सद्भाव र सम्बन्ध बिस्तारएको रुपमा लिइएको उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, चैत्र १७ २०८१०८:५५:४०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology