Logo मंगलवार, श्रावण १२ गते २०८३
images

महिला नेतृहरूबिचको अन्तर्संवादमा सहभागी हुनपूर्व राष्ट्रपति भण्डारी भैरहवामा

महिला नेतृहरूबिचको अन्तर्संवादमा सहभागी हुनपूर्व राष्ट्रपति भण्डारी भैरहवामा

  • 708
    SHARES

  • महिला नेतृहरूबिचको अन्तर्संवादमा सहभागी हुनपूर्व राष्ट्रपति भण्डारी भैरहवामा

    रुपन्देही, चैत १४ ।

    रुपन्देहीको मुकाम सिद्धार्थनगर नगरपालिकामा आयोजना हुने महिला नेतृहरूबिचको अन्तर्संवाद कार्यक्रममा सहभागी हुनपूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भैरहवा आइपुग्नुभएको छ । 

    बिहीबार बिहान उहाँ बुद्ध एयरको विमानमार्फत भैरहवा ओर्लिनुभएको हो । शनिवार सिद्धार्थनगर नगरपालिकाको आयोजनामा हुने कार्यक्रममा नेपाली काँग्रेसको तर्फबाट केन्द्रीय सदस्य गङ्गा शाही, नेकपा (एमाले) बाट पार्टी केन्द्रीय सचिव तथा पूर्वमन्त्री पद्मा अर्याल र नेकपा (माओवादी केन्द्र) को तर्फबाट पूर्व सञ्चारमन्त्री रेखा शर्मा वक्ताको रूपमा आमन्त्रण गरिएको जानकारी नगर उपप्रमुख उमा अधिकारीले दिनुभयो । 

    उदघाटन र बन्दसत्र गरी दुई सत्रमा कार्यक्रम आयोजना गरिएको र कार्यक्रममा लुम्बिनी प्रदेशका महिला सांसद, स्थानीय तहका महिला प्रमुख उपप्रमुख, महिला अध्यक्ष, उपाध्यक्ष, महिला वडा अध्यक्ष र महिला कार्यपालिका सदस्यलाई आमन्त्रण गरिएको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो ।

    महिला जनप्रतिनिधिबिच कार्यसम्पादनमा आइपरेका समस्या, समाधान, उपलब्धि, भावी सम्भावनालगायतका विषयमा केन्द्रित रहेर अन्तर्संवाद कार्यक्रमको आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ ।

    भण्डारी भैरहवा आउँदा उहाँलाई एयरपोर्टदेखि भैरहवास्थित होटल सिद्धार्थ भिलासासम्म ल्याउन एमाले नेता–कार्यकर्ताहरू पुग्नुभएको थियो । उहाँलाई भेट्न सिद्धार्थ भिलासामा एमाले पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरी, केन्द्रीय सदस्य खिमलाल भट्टराई, लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल, प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, कृष्णगोपाल श्रेष्ठ, नेताहरू दधिराम खरेल, जिल्ला अध्यक्ष यज्ञ गैरे लगायत आउनुभएको थियो । 

    भण्डारीसँग पूर्वमन्त्री एवं एमाले सचिव पद्या अर्याल, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ सँगै रहनुभएको छ । यस्तै, बुटवल उपमहानगर उपप्रमुख सावित्रीदेवी अर्याल, सिद्धार्थनगर उपप्रमुख उमा अधिकारी, एमाले जिल्ला उपाध्यक्ष हितराज पन्थी, अनेरास्ववियु, युवा सङ्घ, पार्टीका गाउँनगर कमिटी अध्यक्ष तथा पदाधिकारी, अनेमसंघका नेतृहरूको सहभागिता रहेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology