Logo मंगलवार, श्रावण १२ गते २०८३
images

१५ वर्षमुनिका विपन्न बालबालिकाको मुटु उपचार नि:शुल्क गर्ने निर्णय

१५ वर्षमुनिका विपन्न बालबालिकाको मुटु उपचार नि:शुल्क गर्ने निर्णय

  • 1.3K
    SHARES

  • १५ वर्षमुनिका विपन्न बालबालिकाको मुटु उपचार नि:शुल्क गर्ने निर्णय

    काठमाडौं, चैत १४ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत् १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्। 

    सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रवि मल्लले बताए।‘आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भनेर मन्त्रीज्यूले भनेपछि आन्तरिक र अन्य स्रोतबाट उपचार गराउने निर्णय गरेका हौं,’ कार्यकारी निर्देशक मल्लले भने।

    हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रिया सहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता उपलब्ध गराउने गरेको छ।

    उपचार लिनेको संख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक स्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो।  यस वर्षको पुस महिनासम्म चार सय ८० बालबालिकाले गंगालालबाट शल्यक्रिया सहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन्।

    ‘आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट बञ्चित नहोउन् भन्ने हाम्रो चाहना हो,’ मन्त्री पौडेलले भने, ‘यसका लागि थप श्रोतको खोजीसमेत गरिनेछ।’

    सञ्चालक समिति बैठकले बाल मुटु उपचारका लागि थप स्रोतको खोजी गर्न स्थानीय तहहरूसँग समेत छलफल गर्ने भएको छ।स्थानीय तहहरूसँगको सहकार्यमा बाल मुटु उपचार थप पहुँचयुक्त र प्रभावकारी बनाउने तयारी रहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

    नेपालमा एक हजार बालबालिकामध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको एक अध्ययनले देखाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology