Logo मंगलवार, श्रावण १२ गते २०८३
images

के-हाे गण्डकी सभ्यता बचाऔँ महाअभियान ?

के-हाे गण्डकी सभ्यता बचाऔँ महाअभियान ?

  • 8.5K
    SHARES

  • के-हाे गण्डकी सभ्यता बचाऔँ महाअभियान ?

    -डिल्लीप्रसाद शर्मा आचार्य

    गण्डकी सभ्यता नेपालको मात्र नभएर विश्व सभ्यता कै प्रचिन सभ्यता हो।दामोदर कुण्डबाट बगेकी काली र मुक्तिनाथलाई उद्गमस्थल बनाई बगेकी गण्डकी नदि मिलेर काली गण्डकीको रुपमा आफ्नो परिचय बनाई आफ्नो बहाव, प्रवाह क्षेत्र दामोदर कुण्ड, मुक्तिनाथ क्षेत्र, कागवेनी, गलेश्वरधाम, पुलस्य, पुलाश्रम ,निर्णयघाट, खुदुर्केधाट,शहस्रधारा,मोदीवेनी, जैमिनीघाट, सेतीवेनी, रुद्रवेनी, रिडि रुरु क्षेत्र, रानीघाट,मिर्मी राम्दीघाट, देवघाट, नारायणघाट, त्रिवेणी, गजेन्द्रमोक्ष जस्ता महत्वपुर्ण तिर्थस्थलको रुपमा प्रख्यात छन्।अझ बृहतरुपमा जादा गण्डक क्षेत्र प्रसवण हरिहर क्षेत्रसम्म मानिन्छ।

    जहाँ भागीरथी गंगासंग मिलेर सागरसम्म सहयात्रा हुन्छ।त्यसैले काली गण्डकीलाई गंगाजी तथा गंगासागर नामले पनि चिनिन्छ।सभ्यताको शुरुदेखी अध्ययन गर्ने हो भने गण्डकीको नाम ईतिहासको विभिन्न कालखण्डमा फरक फरक नामले चिनिन्छ।

    यस्को सभ्यताको अध्ययनको क्षेत्र यतिधेरै र गहकिलो र महत्वपुर्ण छ कि यो सभ्यता विना श्रृष्टीको कुनै युगको वर्णन अधुरो हुन्छ।
    काली गण्डकीको यहि क्षेत्रको वरिपरि र काली गण्डकीका सहायक नदि रधुगण्डकी,म्याग्दी काँठे खोला ठेउले,रिडी, सेती,मादी,आँधीखोला,वडिधाट,दरौदी,चेपे,मर्स्याङ्दी,बुढिगण्डकी,त्रीशुली,नदिहरु मिसिएर गण्डकी (नारायणी) नदी बनेको छ।

    दामोदर कुण्डदेखी त्रिवेणी वाल्मी आश्रमसम्म कालीगण्डकी र यिनका सहायक नदिको आसपास र वरिपरीको क्षेत्रको सभ्यता नै गण्डकी सभ्यता हो।सभ्यता भित्र त्यस क्षेत्रको प्रचिन ईतिहास,भौतिक,आध्यात्मिक,सांस्कृतिक,धार्मीक,रिती  रिवाज,परम्यरा भाषा,एबं मानवीय जीवनका सबै आयाम समेटिएका हुन्छन।

    यिनै विविध पक्षको अध्ययन,अनुसन्धान गरि गण्डकी सभ्यतालाई अनन्तसम्म जोगाई राख्न धवलागिरी समाज नेपालले गण्डकी सभ्यता बचाऔँ महाअभियान संचालन गर्दै आईरहेको छ।गण्डकी प्रदेस,बाग्मती र लुम्वीनी प्रदेश गण्डकी सभ्यता भित्र पर्ने हुदा यहि क्षेत्रलाई आफ्नो कार्य क्षेत्र बनाई गण्डकी सभ्यताको धार्मीक सांस्कृतिक,पर्यटकिय, क्षेत्रहरुको महत्वको वारेमा

    बहस,,अन्तरकृया,गोष्ठी,चलाई केन्द्र सरकार प्रदेस सरकार र स्थानिय सरकार एबं नागरिकस्तर सबैलाई समेटेर निरन्तर , अनन्तरुपमा अगाडि बढी गण्डकी सभ्यतालाई विश्वसामु चिनाई नेपाललाई एक धार्मीक आध्यात्मीक र पर्यटकिय क्षेत्रको रुपमा पहिचान गराई विश्वसामु यस्को प्रााचिन सभ्यता पुर्याउने महान लक्ष्यका साथ धवलागिरी समाज नेपालले गण्डकी सभ्यता बचायौं महाअभियान संचालन गरेको छ ।यस्मा सबैको सहयोग र सकृयताको अपेक्षा गरिएको छ।

    जय गण्डकी ।

    (लेखक गण्डकी सभ्यता बचाऔँ महाअभियानका केन्द्रीय सह-अध्यक्ष तथा लुम्बिनी प्रदेशअध्यक्ष हुनुहुन्छ)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology