Logo मंगलवार, श्रावण १२ गते २०८३
images

इटहरीको सेन्ट्रल प्लाजामा आगलागी ,हेलिकोप्टरमार्फत ११ जनाको सकुशल उद्दार

इटहरीको सेन्ट्रल प्लाजामा आगलागी ,हेलिकोप्टरमार्फत ११ जनाको सकुशल उद्दार

  • 1.2K
    SHARES

  • इटहरीको सेन्ट्रल प्लाजामा आगलागी ,हेलिकोप्टरमार्फत ११ जनाको सकुशल उद्दार

    धरान,चैत्र १३ ।

    इटहरीको मुख्य चोकमा सञ्चालनमा रहेको व्यवसायिक भवन सेन्ट्रल प्लाजामा आगलागी हुँदा भवनभित्रै फसेका ११ जनाको सकुशल उद्दार गरिएको छ। उनीहरुलाई सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको हो। उद्दार हुनेमा ८ पुरुष र ३ महिला रहेका छन्।

    आगो भने अझै नियन्त्रणमा आएको छैन। उद्दार गरिएकालाई नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी लगिएको छ।  सेन्ट्रर प्लाजाको पाचौं तलाबाट सुरू भएको आगो अन्य स्थानमा पनि फैलिएको छ। agoo.jpg

    भवनमा आगलागीमा केही मानिस फसेपछि उद्दारका लागि गृहमन्त्रालयले सेनाको हेलिकोप्टर  पठाएको थियो।सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाइ र तोपबहादुर खनालको कमाण्डमा खटिएका टोलीले फसेका मानिसहरूको उद्धार गरेको हो।

    आगो नियन्त्रण लिन एक दर्जन बढी दमकल परिचालन गरिएको छ। विराटनगर, झापा तथा सुनसरीका विभिन्न स्थानका दमकल ल्याइएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय आगो नियन्त्रणमा जुटेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology