Logo बिहिवार, आश्विन १ गते २०८३
images

नबिल बैंकको कायममुकायम सीईओमा ज्ञवाली

नबिल बैंकको कायममुकायम सीईओमा ज्ञवाली

  • 1.1K
    SHARES

  • नबिल बैंकको कायममुकायम सीईओमा ज्ञवाली

    काठमाडौँ,चैत्र १३ ।

    नबिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बुधबार बिहान बसेको बैंक सञ्चालक समिति बैठकले ज्ञवालीलाई कायममुकायम सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    बैंकका निवर्तमान सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले गत आइतबार राजीनामा दिएका थिए । दुई वर्षे कार्यकाल सकिन १४ महिना बाँकी रहँदै ढुंगानाले राजीनामा दिएका हुन् । त्यसपछि बैंक सञ्चालक समितिले कामु सीईओको जिम्मेवारी ज्ञवालीलाई दिने निर्णय गरेको हो ।

    यसअघि ज्ञवाली वरिष्ठ प्रमुख कार्यकारी अधिकृत थिए । चार्टर्ड एकाउन्टेन्ट ज्ञवालीले ०७७ साउनमा ज्योति विकास बैंकको सीईओबाट राजीनामा दिएर नबिल बैंकमा महाप्रबन्धक बनेका थिए ।

    उनले नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल, ज्योति विकास बैंकलगायत संस्थामा उच्च तहमा बसेको काम गरिसकेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology