Logo बिहिवार, आश्विन १ गते २०८३
images

एनएमबि बैंकको सुनवल शाखाले थाल्यो नयाँ भवनबाट सेवा

एनएमबि बैंकको सुनवल शाखाले थाल्यो नयाँ भवनबाट सेवा

  • 2.2K
    SHARES

  • एनएमबि बैंकको सुनवल शाखाले थाल्यो नयाँ भवनबाट सेवा

    बुटवल, चैत्र ११ ।

    एनएमबि बैंकको सुनवल शाखा स्थानान्तरण भएको छ । आमग्राहकवर्गको सेवालाइ ध्यानमा राखी पहिलेको स्थानबाट नजिकै दक्षिणपट्टी बिपरित दिशामा पराजुली कम्प्लेक्स नयाँ भवनमा अत्याधुनिक सेवा सहित शाखा स्थानान्तरण गरिएको हो ।

     ८८ बर्षिय बयोबृद्ध जेष्ठ नागरिक समाजसेवी गङ्ग बहादुर पुनले एक विषेश समारोहका विच  कैचिले रिवन काटेर नयाँशाखा संमुद्घाटन गर्नुभएको थियो। सुबिधासम्पन्न नयाँ भवनबाट आमग्राहक महानुभावहरु सहज वित्तीय पहुँचबाट लाभान्वित हुने बैंकले विस्वास व्यक्त गरेकोछ ।

    कार्यक्रममा एनएमबि बैंकका एडमिन हेड सिताराम डुम्रे, अधिकृत रन्जिव श्रेष्ठ, पुर्व प्रदेश उद्योग मन्त्री खड्ग बस्नेत, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष बिष्णु प्रसाद पौडेल,सचीव  चण्डी प्रसाद पाण्डे,  रेडक्रस सोसाइटी नवलपरासी उपसभापति कृष्ण लामिछाने,  एनएमबि लुम्बिनी प्रदेश रिस्क म्यानेजर कमल न्यौपाने,प्रदीप तिवारी,राम शर्मा,  प्रदेश अप्रेसन म्यानेजर सुन्दर थापा तथा  एनएमबि शाखा प्रबन्धकहरु, सुनवल क्षेत्रका बैंक/बिमा, सहकारीका प्रबन्धहरु,  प्रतिष्ठित समाजसेवी , उद्योगी, व्यावसायिहरुको उपस्थिति रहेकोे  थियो ।

    एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले सबै जनताको वित्तीय पहुँच पुर्याउन एनएमबि बैंक अत्याधुनिक सेवासुविधा प्रदान गर्नेगरी स्थानान्तरण गरिएको जानकारी दिनुभयो ।

    उहाँले सुनवल क्षेत्रका  स्थानीय आमजनता, बुबाआमा, दाजुभाइ, दिदिबहिनीहरुको रोजाईको बैंक एनएमबि बैंक भएकोले गुणस्तरीय बैकिङ्ग सेवा दिन आफुहरु सदैव  प्रतिबद्ध रहेको बताउनुभयो ।

    उहाँले डिजिटल बैंकिङ्ग, सुरक्षीत बचत, सरल र सर्वसुलभ कर्जा लगायतका सम्पूर्ण आर्थिक कारोबार राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रले विस्वास गरेको एनएमबि  बैंकबाट गर्न  अनुरोध गर्नुभयो ।

    एनएमबि बैंक विगत २७ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।

    एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरि सकेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology