Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा एफ एन जे मिडिया कप र कर्पोरेट कप फुटसल प्रतियोगिता हुने

बुटवलमा एफ एन जे मिडिया कप र कर्पोरेट कप फुटसल प्रतियोगिता हुने

  • 1.6K
    SHARES

  • बुटवलमा एफ एन जे मिडिया कप र कर्पोरेट कप फुटसल प्रतियोगिता हुने

    बुटवल,चैत ११ ।

    पत्रकार महासंघ रुपन्देहीले फुटसल प्रतियोगिता आयोजना गर्ने
    बुटवल। नेपाल पत्रकार महासंघ रुपन्देहीले ७०औं स्थापना दिवसका अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।
    स्थापना दिवसको अवसरमा सञ्चारसंस्थाहरुका बीचमा एफ एन जे मिडिया कप फुटसल प्रतियोगिता र संघसंस्थाहरुका बीचमा शाइन रेसुंगा कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्न लागेको महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालले जानकारी दिए। 
    'प्रतियोगिताले सञ्चारसंस्थाहरु र पत्रकारहरुका बीचमा आपसी सम्बन्ध विस्तार गर्न मदत पुर्‍याउनेछ। साथै, व्यवसायिक र पेशागत संघसंस्थाहरूबीच आपसी भाइचारा, सहकार्य, र स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्ने हाम्रो विश्वास छ'-उनले भने।   
    उनका अनुसार यो प्रतियोगिताबाट बचत भएको रकम नेपाल पत्रकार महासंघ रुपन्देहीको पत्रकार कल्याणकारी कोष, लेखनवृत्ति कोष, सुत्केरी कोष र खेलकुद पत्रकारिता पुरस्कार कोषमा  जम्मा गरिनेछ। 
    यही चैत १६ गतेदेखि १८ गतेसम्म हुने प्रतियोगिताअन्तरगत १६ गते  मिडिया कप र १७ र १८ गते कर्पोरेट कप आयोजना हुने सचिव सी.पी. खनालले जानकारी दिए। 
    बुटवल ११ देवीनगर नमूना पथस्थित ग्रीनफिल्ड फुटसल कोर्टमा हुने प्रतियोगितामा ११ वटा सञ्चार संस्थाहरु सहभागी हुने उनले बताए।

    प्रतियोगिता संयोजक सहसचिव सुमन श्रेष्ठका अनुसार बुद्ध सामुदायिक टेलिभिजन,लुम्बिनी टेलिभिजन, लुम्बिनी अनलाइन, सबलपोष्ट डट कम, ग्लोवल आवाज, राज्य टेलिभिजन, मेचीकाली दैनिक, गर्जन पोष्ट,  बुटवल टुडे दैनिक, तिलोत्तमा सिटी न्युज र समता टेलिभिजनले टीम दर्ता गराएका छन्। 

    कर्पोरेटतर्फ टीम दर्ताका लागि १२ गते सम्म समय रहेकाले संघसंस्थाको टीम दर्ताको कार्य चलिरहेको उनले बताए। प्रतियोगितामा मिडिया कपका बिजेताले १७ हजार ७ सय ७७ र ट्रफी प्राप्त गर्नेछन् भने उपबिजेताले ७ हजार ७ सय ७७ र अन्य विधागत पुरस्कार रहेको संयोजक श्रेष्ठले बताए। 
    यस्तै कर्पोरेटतर्फ बिजेताले २५ हजार र ट्रफी तथा उपबिजेताले १५ हजार र ट्रफी प्रदान गरिने उनले बताए।

    बुटवल उपमहानगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक शाइन रेसुंगा डेभलपमेन्ट बैंक, प्रवर्द्धकमा तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिका रहेका छन्।  प्रतियोगितामा सहभागी सबै खेलाडीको बीमा गर्ने व्यवस्था गरिएको उनले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology