Logo बिहिवार, आश्विन १ गते २०८३
images

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे गोरखाको मनकामना मन्दिर दर्शन

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे गोरखाको मनकामना मन्दिर दर्शन

  • 849
    SHARES

  • पूर्वराजा ज्ञानेन्द्र शाहले  गरे गोरखाको मनकामना मन्दिर दर्शन

    काठमाडाैँ,चैत्र १० ।

    पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको मनकामना मन्दिर दर्शन गरेका छन्। पूर्वराजा शाहले आइतबार मनकामना मन्दिर पुगेर पूजाअर्चना गरेका हुन्।

    उनी केवलकार चढेर मनकामना पुगेका हुन्। त्यसक्रममा स्थानीयले बाजागाजासहित पूर्वराजालाई स्वागत गरेका थिए। उनीहरूले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’लगायतका नारा लगाएका थिए।

    पूर्वराजा शाहले मनकामना मन्दिर परिक्रमा गर्दै दर्शन गरेका थिए। उनले मनकामनामा करिब डेढ घण्टा बिताएका थिए।

    उनले शनिबार गोरखाको गोरखनाथ मन्दिरमा पनि पूजा अर्चना गरेका थिए। त्यसक्रममा उनले आफ्ना पूर्खाको थलो गोरखा आउँदा खुशी लागेको बताएका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology