Logo बिहिवार, आश्विन १ गते २०८३
images

महिला भलिबलमा सेमीफाईनल खेल्ने अन्तिम चार टिमको टुंगो

महिला भलिबलमा सेमीफाईनल खेल्ने अन्तिम चार टिमको टुंगो

  • 2.3K
    SHARES

  • महिला भलिबलमा सेमीफाईनल खेल्ने अन्तिम चार टिमको टुंगो

    बुटवल,माघ १०-

    तिलोत्तमा जारी दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता २०७७ मा सेमीफाईनल खेल्ने अन्तिम चार टिमको टुगो लागेको छ ।

    तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजना तथा मणिमुकुन्द भलिबल क्लबको संयोजकत्वमा शनिबार भएको लिग कम नकआउटको आधारमा खेलाईएको खेलमा विजयी हुँदै कुवरवर्ति मावि, न्यु होराईजन स्पोर्ट्स क्लब, एभरेस्ट मावि (रेड) र एभरेस्ट मावि (वाईट) अन्तिम चारमा स्थान बनाएको हो ।

    योगिकुटीस्थित मणिमुकुन्द भलिबल कोर्टमा भएको पहिलो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन कुवरवर्ति माविले नवीन आधौगिक माविलाई २–० को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । यसैगरि दोस्रो क्वाटरफाइनल खेलमा न्यु होराईजन स्पोर्ट्स क्लबले दिप बोर्डिङ स्कुललाई २–० को सोझो सेट, तेस्रो क्वाटरफाइनल खेल एभरेष्ट वाईटले नवज्योती माविलाई २–० को सोझो सेट तथा एभरेस्ट रेडले श्रीनगर स्पोर्ट्स क्लब पाल्पालाई २–० को सोझो सेटमा पराजित गरेका हुन ।

    आईतबार पहिलो सेमीफाईनल खेलमा कुवरवर्तिले न्यु होराईजन स्पोर्ट्स क्लब तथा दोस्रो सेमीफाईनल खेलमा एभरेस्ट रेडले एभरेष्ट वाईटसंग प्रतिस्पर्धा गर्नेछन ।प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

    यसैगरि उपविजेता टिमले नगद ३५ हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, तृतिय टिमले नगद २० हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र तथा सान्त्वना टिमले नगद १० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विद्यागत रुपमा समेत बेष्ट स्पाईकर, बेष्ट सटर, बेष्ट सर्भर, बेष्ट लिभेरोलाई समेत पुरस्कृत गरिने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, माघ १० २०७७०७:५८:१६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology