Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२३ औँ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिता शुरु

२३ औँ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिता शुरु

  • 1.2K
    SHARES

  • २३ औँ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिता शुरु

    बुटवल,चैत ९ ।

    २३ औँ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिबारदेखी शुरु भएको छ ।

    बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगमा शुरु भएको उद्घाटन खेलको पहिलो हाफमा सशस्त्र प्रहरी बल एपीएफ क्लबले १–० गोलको अग्रता लिएको छ ।

    निक्कै प्रतिस्प्रर्धात्मक खेलमा १७ औ मिनेटमा एपीएफका हरि कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलमा राम्रो अवसरहरु गुमाएको आयोजक करेन्ट रुपन्देही –११ खेलमा दबाबमा रहेको थियो । दोस्रो हाफ शुरु भएसंगै हावाहुरीका चलेपछि खेल रोकियो । लामोसमय मौसम प्रतिकुल भएपछि खेल स्थगित गर्ने निर्णय भएको संघका अध्यक्ष लोक पुनले बताए ।

    ‘बाकी खेल भोलि बिहान ८ बजे हुन्छ ।’– उनले भने । आईतबार दिउसो चर्च ब्याईज युनाईटेड ललितपुर र नेपाल पुलिस क्लब, काठमाण्डौका बिचमा हुने छ ।

    प्रतियोगिताको उद्घघाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले नगरभित्र खेलकुद विकास र युवा खेलाडी उत्पादन गर्ने गरि सरकारको खेल क्षेत्रमा लगानी गरेको बताए । ‘अहिले ५८ वटा नगरको अगुवाई र अन्य संघसंस्थाहरुको समन्वयमा अझ धेरै प्रतियोगिता आयोजना भैरहेको छ ।’– उनले भने ।

    नगरभित्र आयोजना गरिने यो प्रतियोगितामा नगरबासीहरुलाई निशुल्क प्रदर्शनको ब्यवस्था हुने र रात्रीकालिन प्रतियोगिता गर्ने समेत प्रतिवद्घता जनाए । खेलकुदमा युवाहरुलाई आकर्षित गर्दै आशावादी बनाउने गर्ने लक्ष्य रहेको उनले बताए । राजधानी बाहिर देशकै उत्कृष्ट गोल्डकपका रुपमा रहेको यो प्रतियोगितालाई थप परिस्कृत गरेर संचालन गर्ने गरि आफु लाग्ने बताए ।

    कार्यक्रममा अखिल नेपाल फुटबल संघका निवर्तमान अध्यक्ष कर्मा छिरिङले तिलोत्तमा गोल्डकपलाई थप परिस्कृत रुपमा लैजान आग्रह गरे । रात्रीकालिन प्रतियोगिता आयोजना हुने गरि फ्लड लाईट जडान जरूरी रहेको भन्दै उनले यसमा आग्रह गरे । यसैगरि फुटबलको स्तरवृद्घि गर्न फुटबल प्रशिक्षकको आयोजनामा जोड दिन समेत आग्रह गरे ।

    एन्फाका केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले खेल विकासमा सरकारबाट सहयोग अझ बढाउनुपर्ने बताए ।

    आजदेखि तिलोत्तमा गोल्डकप ,उद्घाटनमा आयोजक र एपीएफ भिड्दै

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology