Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एक डेढ वर्ष भित्र नेपाल माओवादीमय हुन्छ : प्रचण्ड

एक डेढ वर्ष भित्र नेपाल माओवादीमय हुन्छ : प्रचण्ड

  • 1.3K
    SHARES

  • एक डेढ वर्ष भित्र नेपाल माओवादीमय हुन्छ : प्रचण्ड

    जगतपुर, चैत ९ ।

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी प्रति जनताको भरोसा बढेको बताउनु भएको छ। उहाँले एक डेढ वर्ष भित्र नेपाल माओवादीमय हुने बताउनुभएको छ।

    जनतासँग माओवादी, तराई-मधेश हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण सभा अन्तरगत भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।  

    उक्त कार्यक्रममा प्रचण्डले अबको रूपान्तरण किताब र दस्तावेजमा मात्र होइन जीवनमै रुपान्तरण भएको पाउनु हुनेछ बताउनुभयो। उहाँले कार्यकर्तासँग आत्मआलोचना समेत गर्नुभयो। अभियानको क्रममा जनताको साथ र माया अभूतपूर्व रहेको र यसले सुखद अनुभूति प्राप्त भएको उहाँको भनाइ छ।

    कार्यक्रममा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपाध्यक्ष पम्फा भुसाल, पार्टी सचिव एवं बागमती प्रदेश इन्चार्ज हितमान शाक्यले जनतासँग सम्बन्ध सुदृढ गर्ने अभियान अन्तरगत तराई मधेश केन्द्रित अभियान भएको बताउनुभयो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology