Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लायन्स क्लवहरुद्वारा देवदहमा निःशुल्क स्वास्थ्य शिविर 

लायन्स क्लवहरुद्वारा देवदहमा निःशुल्क स्वास्थ्य शिविर 

  • 4.1K
    SHARES

  • लायन्स क्लवहरुद्वारा देवदहमा निःशुल्क स्वास्थ्य शिविर 


    बुटवल,माघ १०-

    रुपन्देहीको देवदह उदयनगर ठुलोचौरमा निःशुःल्क स्वास्थ्य परीक्षण शिविर गरिएको छ । 

    शिविरमा स्थानीय उदय आधारभुत विद्यालयका साना विद्यार्थीसँगै उनीहरुका अभिभावक तथा आसपासका समुदायका ब्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

    लायन्स क्लव अफ बुटवल मणि उजेश,  लायन्स क्लव अफ बुटवल लुमिनोश र लायन्स क्लव अफ काठमाण्डौ उदयको संयुक्त आयोजनामा देवदहको उदयनगर ठुलोचौरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको हो । शिविरमा सामान्य स्वास्थ्य परीक्षण, आखाँ तथा दन्त परीक्षण गरिएको लायन्स क्लव अफ बुटवल मणि उजेशका अध्यक्ष सोनाली गुरुङ्गले जानकारी दिनुभयो ।

    देवदह मेडिकल कलेज भलुही, विजय डेन्टल होम देवदह खैरेनी र श्रीकृष्ण नेत्रालय बुटवलको चिकित्सकीय तथा प्राविधि सहयोगमा भएको शिविरमा उदय आधारभुत विद्यालयका विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायका ब्यक्ति गरि करिव ४ सय जनाको स्वास्थ्य परीक्षण गरिएको गुरुङ्गले बताउनुभयोे । 

    लायन्स क्लव ईन्टरनेशनल ३२५ बीटुका पुर्व डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिष्ट्रिक कोर्डिनेटर सुनिता श्रेष्ठ, पुरुषोत्तम प्रधानाङ, नवराज न्यौपाने, मणि उजेशका संस्थापक अध्यक्ष सृष्टि गुरुङ्ग, बुटवल लुमिनोशका प्रथम उपाध्यक्ष कश्मिता ढकाल, उदय आधारभुत विद्यालयका प्राधानाध्यापक बासुदेव काफ्ले, कार्यक्रम संयोजक मणि उजेशका सह–सचिव डाक्टर सन्जु पाठक, लायन्स क्लवका सिया खनाल लगायतले गरिव तथा विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालय तथा स्थानीय समुदायमा गरिएको स्वास्थ्य परीष्पाण शिविरले उनीहरुलाई स्वास्थ्य सम्वन्धि सचेतना बढ्ने तथा शैक्षिक प्रगतिलाई बृद्धि गर्न पे्ररणा मिल्ने बताउनुभयो ।

    सो अवसरमा विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायमा रहेका ब्यक्तिहरुको मधुमेह परीक्षण तथा कोभिड–१९ का बारेमा परामर्श कार्यक्रम समेत गरिएको क्लवका सचिव तथा देवदह मेडिकल कलेजका प्राध्यापक डाक्टर शान्ता शर्माले जानकारी दिनुभयो । सो अवसरमा विद्यार्थी तथा अभिभावकलाई खाद्यान्न, मास्क तथा स्वास्थ्य सामाग्री समेत वितरण गरिएको थियो ।

    शिविरमा डाक्टर शान्ता शर्मा, डाक्टर सन्जु पाठक,  डाक्टर कस्मिकता ढकाल, डाक्टर सोनी अधिकारी, डाक्टर आशिक ढुङ्गाना, डाक्टर किरण आचार्य, डाक्टर सल्मा केसी राई, अमोद सिंह, कृपा गैरे, मोहम्मद रफिक लगायतका ५० बढी स्वास्थ्यकर्मीहरुको संलग्नतामा संचालन गरिएको स्वास्थ्य शिविरको उद्घाटन सत्रको कार्यक्रमको संचालन ईन्जिनियर आकाश शर्माले गर्नु भएको थियो । कार्यक्रममै क्लवले उदय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई दिवा खाजा खुवाएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology