बुटवल,चैत्र ७ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड मणिग्राम शाखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा नगरपालिका-११,शिवपुरमा रहेको शिवपुर माविमा वित्तिय साक्षरता कार्यक्रम गरेको हो ।
कक्षा ८,११ र १२ का करिव ९० जना विद्यार्थीलाई वित्तिय साक्षरताका बारेमा जानकारी गराइएको बैंकका वुटवल शाखा प्रमुख कमल ज्ञवालीले बताउनुभयो । उहाँले वित्तिय साक्षरता के हो ? किन आवश्यक छ भन्ने बारेमा सहजीकरण गर्नुभयो ।
कार्यक्रममा सो बिद्यालयका प्रधानाध्यापक ज्ञान प्रसाद भट्टराईले बैँकले गरेको वित्तिय साक्षरता कार्यक्रम सबैका लागि आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा विद्यार्थीले वचतका किसीम,खाता कसरी खोलिन्छ,कालो सुचीमा कसरी परिन्छ ? विमा किन गर्ने ,रेमिटान्सको पैसा कसरी खातामा आउछ लगायतका प्रश्न गरेका थिए ।
उनीहरूका प्रश्नमा मणिग्राम शाखाका शाखा प्रमुख वासुदेव पोख्रेल र कर्जा विभाग प्रमुख प्रदिप सापकोटाले प्रस्ट पार्नुभयो । कार्यक्रमको वारेमा बैंकका वुटवल क्षेत्रिय प्रमुख आलोक पण्डितले आफ्ना महत्वपुर्ण भनाई राख्दै कार्यक्रमको समापन गर्नुभयो ।
सांग्रिला बैंकले केन्द्रिय कार्यालय काठमाडौँ र देशैभरी ११२ वटा शाखा कार्यलय मार्फत सेवा सुविधा प्रदान गर्दै आईरहेको छ । बैँकले वित्तिय साक्षरता कार्यक्रमसंगै सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै समाजमा जनचेतना फैलाउन महत्वपुर्ण कार्यक्रम गर्दै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)