Logo बुधवार, श्रावण १३ गते २०८३
images

लायन्स मुक्तिनाथद्वारा मानबसेवा आश्रममा खाद्य सामग्री हस्तान्तरण

लायन्स मुक्तिनाथद्वारा मानबसेवा आश्रममा खाद्य सामग्री हस्तान्तरण

  • 2.7K
    SHARES

  • लायन्स  मुक्तिनाथद्वारा मानबसेवा आश्रममा खाद्य सामग्री हस्तान्तरण

    बुटवल,माघ १०-

    लायन्स क्लब अफ बुटवल मुक्तिनाथले मानबसेवा आश्रम बुटवलमा खाद्य सामग्री सहयोग गरेको छ । क्लबले लायन्स अन्तरास्ट्रियको मर्म अनुरुप आश्रममा खाद्यान्न सहयोग हस्तान्तरण गरिएको जनाएको छ।

    क्लबको सामाजिक मानबिय सेवा अन्तर्गत यो कार्यक्रम गरिएको क्लबका अध्यक्ष सुरेशचन्द्र भट्टराईले जानकारी दिए ।बुटवल स्थित मानाबसेवा आश्रममा रहेका आश्रितहरुलाई दैनिक खाना खुवाउन सहयोग पुगोश भन्ने उद्धेश्यले  क्लबका संस्थापक अध्यक्ष बिनोद पौडेलले आवस्यक खाद्य सामग्री हरु सौजन्य गर्नुभएको थियो।

    लायन्स क्लब अफ बुटवल मुक्तिनाथले ४ बोरा चामल,एक बोरा दाल,एक पेटी तेल,नुन,चिउरा, सोयाबोड़ी, लगायत सामग्री सहयोग गरेको मानब सेवा आश्रमले जनाएको छ ।

    उक्त  सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्सका डिस्ट्रिक कोर्डिनेटर सुरेशरत्न बज्राचार्यले मुक्तिनाथ लायन्स क्लब यो क्षेत्रको उदारणीय क्लब भएको बताउदै सधै उत्कृस्ट र महत्वोपूर्ण सामाजिक कार्यहरु गर्दै सामाजिक सेवा वाट  सो कुराको पुष्टी गरेको बताउनुभयो ।

    केहि दिन पहिला आश्रमका लागि आवस्यक सर्जिकल तथा औसधिजन्य सामग्री र भोजनासेवा सहयोग गरेको क्लबले छोटो समयको अन्तरालमा खाद्यान्न सहयोग गरेकोप्रति आश्रमका रुपन्देही प्रमुख सरु अधिकारीले क्लबलाई धन्यवाद दिनुभएको थियो ।

    कार्यक्रममा बोल्दै डिपार्टमेन्ट चिफ रामप्रसाद बन्जाडेले आफु लायन्स क्लब अफ बुटवल मुक्तिनाथका धेरै जसो कार्यक्रममा उपस्थित भैरहेको बताउदै सामाजिक कार्यमा क्लबको भूमिका यस क्षेत्रको नमुना क्लबको रुपमा देखा परेको बताउनुभएको थियो ।

    क्लबका अध्यक्ष सुरेशचन्द्र भट्टराईको अध्यक्षता र सचिब गोविन्दप्रसाद बन्जाडेको संचालनमा सम्पन्न कार्यक्रममा सामग्री सौजन्य दाता तथा क्लबका संस्थापक अध्यक्ष बिनोद पौडेल,धर्मपत्नी लक्ष्मी बन्जाडे पौडेल,पुर्व अध्यक्ष रिखिराम भट्टराई,कृष्ण आचार्य,तुलसीराम पाण्डे लगायतले बोलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology