Logo बिहिवार, आश्विन १ गते २०८३
images

आजदेखि एसइई : लुम्बिनी प्रदेशमा ९४ हजार ९ सय ८ जनाले परिक्षा दिँदै

आजदेखि एसइई : लुम्बिनी प्रदेशमा ९४ हजार ९ सय ८ जनाले परिक्षा दिँदै

  • 1.6K
    SHARES

  • आजदेखि एसइई : लुम्बिनी प्रदेशमा ९४ हजार ९ सय ८ जनाले परिक्षा दिँदै

    दाङ, चैत ७ ।

    लुम्बिनी प्रदेशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को तयारी पूरा भएको छ । बिहीवार विहान ८ बजेदेखि हुुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले जनाएको छ । 

    मन्त्रालयको अनुसार यस बर्ष लुम्बिनी प्रदेशभर ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा व्यवस्थित रूपमा सञ्चालन गर्न ३४८ परीक्षा केन्द्र तोकिएको सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सनाले जानकारी दिनुभयो ।

    उहाँको अनुसार ८ हजार ६ सय कर्मचारी परिचालन गरिएको छ । यस्तै उहाँले लुम्बिनी प्रदेशभर परीक्षाको आवश्यक तयारी पूरा भएको छ । ‘परीक्षा सञ्चालनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ’ उहाँले भन्नुभयो, ‘अव विद्यार्थीहरु परीक्षा केन्द्रमा पुग्न र ढुक्क भएर जाँचमा बस्न मात्रै बाँकी छ ।’

    see exam.jpeg

    रुपन्देहीमा २२ हजार ६ सय २३ परीक्षार्थी :

    शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालका अनुसार यस वर्ष रुपन्देहीमा सबैभन्दा धेरै २२ हजार ६ सय २३ परीक्षार्थीले परीक्षा दिदैछन् । यस्तै दाङमा १४ हजार दुई सय ५४, कपिलवस्तुमा ९ हजार ४ सय ६१, बाँकेमा १० हजार २ सय ७४ परीक्षार्थी सहभागी हुनेछन् ।

    पाल्पामा ४ हजार ९ सय १०, गुल्मीमा ४ हजार ८ सय ५७, अर्घाखाँचीमा ३ हजार ४ सय ६५, रोल्पामा ४ हजार ७ सय ६५, प्युठानमा ४ हजार ९ सय ४० बर्दियामा ७ हजार ७ सय ६२, नवलपरासी पश्चिममा ६ हजार ३ सय ९७, रुकुमपूर्वमा १ हजार २ सय परीक्षार्थी सहभागी हुदैछन् ।

    यस्तै नियमिततर्फ ७४ हजार ५ सय ९८ परीक्षार्थी छन् भने ग्रेड वृद्धिका लागि २० हजार ३ सय १० परीक्षार्थीले परीक्षा दिन लागेको उहाँले बताउनुभयो । यसैगरी, प्राविधिक धारतर्फ ३ हजार १ सय ७४ विद्यार्थीले परीक्षा दिनेभएका छन् ।

    परीक्षा निष्पक्ष र मर्यादित बनाउन ३ सय ४८ जना केन्द्राध्यक्ष , ६ सय ३४ सहायक केन्द्राध्यक्ष, ४ हजार ७ सय ५८ निरीक्षक, ९ सय ५८ सहायक र १ हजार ९ सय २ जना कार्यालय सहयोगी परिचालन गरिएको उहाँले बताउनुभयो । परीक्षा निष्पक्ष बनाउन शिक्षा निर्देशनालयले अनुगमन टोली परिचालन गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology