Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजङ्ग केसीको निधन

बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजङ्ग केसीको निधन

  • 4.0K
    SHARES

  • बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजङ्ग केसीको निधन

    बुटवल,चैत ६ ।

    बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजङ्ग केसीको निधन भएको छ । केसीको आज उपचारका क्रममा काठमाडौँको टिचिङ अस्पतालमा निधन भएका हो । ।अर्थशास्त्र बिषयका प्राध्यापक ५५ बर्षीय केसीको निधनले शैक्षिक क्षेत्र शोकमा डुबेको छ ।

    उहा एक निडर,प्रष्ट वक्ता एवं अर्थविश्लेषकका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँ स्नातकोत्तर तह अर्थशास्त्र विभागका विभागीय प्रमुख समेत हुनुहुन्थ्यो।

    केसी बुटवल उपमहानगरपालिका नगर शिक्षा समितिका सदस्य, आधारभूत तह परीक्षा ब्यबस्थापन समिति सदस्य समेत हुनुहुन्थ्यो ।

    बुटवल हस्पिटल प्रालिमा उपचार गराउने क्रममा निमोनिया देखिएपछि थप उपचारका लागि काठमाडौँमा टिचिङ अस्पतालमा रिफर गरिएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरिले नागरिक अनलाइनलाइ बताउनुभयो । 

    मृगौलाको समस्या रहेका केसीलाई केही दिन अघि मात्रै निमोनिया समेत देखिएको थियो ।

    केहि समय अघि बुटवल बहुमुखी क्याम्पसको प्रमुख बन्ने चर्चा भएपनि सरकारले अन्तिममा अरूलाइ नै नियुक्ति गरेपछि उहांले आफ सरकारबाट अपमानित हुनुपरेको प्रतिकृया दिनुभएको थियो ।

    यो पनि हेरौँ :-  स्ववियु चनावबारेको उहाँको प्रतिक्रिया :-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology